Comments Add Comment

सुरक्षाकर्मी र कर्मचारीलाई प्रशोधित पानी सहयोग

२१ चैत्र, हेटौंडा । मकवानपुरका पानी व्यवसायीहरुले लकडाउनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई तीन सय कार्टुन प्रशोधित पानी सहयोग गरेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् पानी सहयोग गरिएको नेचुरल वेभरेजका सञ्चालक ध्रुव अधिकारीले जानकारी दिए ।

व्यवसायीहरुले मुख्यमन्त्री डोरमणि पौडेल र मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई पानी हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री कार्यालयमा एक सय कार्टुन र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई सय कार्टुन पानी उपलब्ध गराएका हुन् ।

माइ च्वाइस, अमृत जल, आक्वा इन्फिनिटी र जस्ट वाटर नामक प्रशोधित पानी सहयोग गरिएको व्यवसायीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment