+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अन्ततः मुस्कानले लिइन् जगदम्बाको स्कुटर

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते १२:१७

२८ चैत, वीरगञ्ज । एसिड आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अन्तत जगदम्बा मोटर्सले दिने स्कुटर लिएकी छन् ।

बिहीबार भिडियो सन्देश जारी गर्दैै मुस्कानले वाचा गरेको लामो समय बितिसक्दा समेत स्कुटी नदिएको भन्दै नलिने घोषणा गरेकी थिइन् । बरु त्यो बराबरको रकम गरिब विपन्नको उपचारमा खर्च गर्न उनले आग्रह गरेकी थिइन् ।

जगदम्बा मोटर्सले स्कुटरको मूल्य बराबरको रकम गरिब र विपन्नको उपचारमा सहयोग गर्ने वाचा गरेपछि उनले स्कुटर लिएको बताएकी छन् ।

‘जगदम्बा ग्रुपले दिएको स्कुटी मैले लिएको छु । विश्वास छ मसँग गरेको वाचाअनुसार नै जगदम्बा ग्रुपले पनि कोभिड–१९को महामारीको बेलामा स्कुटीको मुल्य बराबरको रकम गरिब जनताको उपचारमा खर्च गर्न कोषमा जम्मा गर्नुुहुुन्छ’ मुस्कानले भनेकी छन् ।

मुस्कानका बुवा रसुल मियाँले पनि जगदम्बाले मुस्कानको सोचको कदर गर्न तयार भएकोले स्कुटी लिएको बताए । ‘नलिने भनेर घोषणा गरेकी हुन् । तर जगदम्बा मोर्टसले समयमा दिन नसकेकोमा क्षमायाचना गर्दै स्कुटीको मुल्य बराबरको रकम महामारीमा गरिब जनताको उपचारमा खर्च गर्न तयार छौं भनेको छ’ रसुलले भने ‘त्यसैले स्कुटी लिने निर्णयमा पुगेका हौं ।’

सातामा दुई पटक मुस्कानको उपचारका लागि अस्पताल पुग्नुपर्ने हुँदा सवारी साधन जरुरी पनि रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?