३० चैत, युएई । मध्यपूर्व तथा खाडी देशमा कार्यरत नेपाली राजदूतहरुले आफ्नो एक महिना बाफतको तलब राहत कोषमा जम्मा गर्ने जनाएका छन् ।
सरकारले स्थापना गरेको ’कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा’ ९ देशका नेपाली राजदुतहरुले आफ्नो एक महिनाको तलब योगदान गर्ने जनाएका हुन् ।
राहत कोषमा योगदान गर्नेहरुमा इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्य, इजिप्टका झविन्द्रप्रसाद अर्याल, ओमानका शर्मिला पराजुली ढकाल, कतारका नारदनाथ भारद्वज, कुवेतका दुर्गाप्रसाद भण्डारी, र पाकिस्तानका सेवा लम्साल रहेका छन् ।
त्यस्तै बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, युएईका कृष्णप्रसाद ढकाल र साउदी अरबका महेन्द्रप्रसाद सिंह राजपुतले एक महिनाबपतको आफ्नो तलब राहत कोषमा योगदान दिने निर्णय गरेका हुन् ।
महामारीका कारण विश्व संकटमा परेको बेला मानवीयता स्वरुप राज्यलाई सहयोग गरेको राजदूतहरुको भनाइ छ ।