+
+
Shares

युरोपका ९ नेपाली राजदूतले एक महिनाको तलब कोभिड–१९ कोषमा दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते ९:३४

२९ चैत, कोपनहेगन । युरोप विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरुले एक महिनाकाको तलब कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा उपचार कोषमा दिने घोषणा गरेका छन् । कोषमा तलब जम्मा गर्नेहरुमा ९ जना राजदूतहरु छन् ।

राजदूतहरुले शुक्रबार अनलाइन भिडियो बैठक गरेर आफूहरुले कोषमा रकम दिने निर्णय गरेको डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले जनाए।

यसरी तलब दिनेहरुमा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल, बेल्जियमका लोकबहादुर थापा, जर्मनीका रमेश खनाल, अष्ट्रियाका प्रकाश सुवेदी र फ्रान्सका दीपक अधिकारी छन् ।

त्यसैगरी, स्वीटजरल्याण्डका नेपाली राजदूत मणि भट्टराई, बेलायतका दूर्गाबहादुर सुवेदी, रसियाका ऋषि घिमिरे र स्पेनकी दाबा शेर्पाले पनि एक महिनाको तलब कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?