+
+
Shares

चार राजदूतले एक महिनाको तलब कोरोना कोषमा दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते १२:३७

३० चैत, काठमाडौं । दक्षिण पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा कार्यरत नेपाली राजदूतहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्।

अस्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आइतबार संयुक्त रुपमा यो निर्णय गरिएको हो । यसअघि युरोपमा कार्यरत नेपाली राजदूतहरुले पनि राहत कोषमा एक महिनाको तलब दिने घोषणा गरेका थिए ।

दक्षिण पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा हाल चार जना नेपाली राजदूत कार्यरत छन् । जसमा अस्ट्रेलियाका लागि महेशराज दाहाल, मलेसियाका लागि उदयराज पाण्डे, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाल र म्यान्मारका लागि भीम उदास रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?