३० चैत, काठमाडौं । दक्षिण पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा कार्यरत नेपाली राजदूतहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्।
अस्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आइतबार संयुक्त रुपमा यो निर्णय गरिएको हो । यसअघि युरोपमा कार्यरत नेपाली राजदूतहरुले पनि राहत कोषमा एक महिनाको तलब दिने घोषणा गरेका थिए ।
दक्षिण पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा हाल चार जना नेपाली राजदूत कार्यरत छन् । जसमा अस्ट्रेलियाका लागि महेशराज दाहाल, मलेसियाका लागि उदयराज पाण्डे, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाल र म्यान्मारका लागि भीम उदास रहेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4