+
+

सोभित बस्यालको ‘खुसी फर्काइदेउन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १८ गते १७:२०

गायक सोभित बस्यालको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘खुसी फर्काइदेउन’ बोलको गीतमा सोभितको नै शब्द तथा संगीत रहेको छ । गीतमा प्राप्ती तुल्चनको पनि स्वर सुन्न सकिन्छ ।

सोभित झण्डै १ दशक अगाडि सांगीतिक दुनियामा निकै संक्रिय थिए । उनको स्वरमा दर्जन बढि गीतहरु रेकर्ड भएका छन् । तर, बीचमा व्यावसायका कारण उनी संगीतिक क्षेत्रमा उत्ति सक्रिय हुन पाएका थिएनन् ।

अहिले कोरोनाले विश्व माहामारीको रुप लिइरहँदा उनले नयाँ गीत बजारमा ल्याउने जमर्को गरेका हुन् । गीतमा कोरोनाका कारण झेल्नु परेको पिडालाई प्रस्तुत गरिएको छ । गीतबाट गायक बस्यालले त्यो खुसी फर्काइदिन भगवानसँग प्राथना गरेका छन् ।

सार्वजनिक उक्त गीतको भिडियो गायक सोभितकै निर्देशनमा तयार भएको हो । सुरज श्रेष्ठले खिचेको भिडियोलाई एसटु प्रोडक्सन र एभिडिसि पोखरामा सम्पादन गरिएको हो । भिडियोमा अविन भो र अनन्त पौडेलले खिचेका दृष्यहरु पनि समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?