Comments Add Comment

भारतले नेपाल र चीनसँग परिस्थिति बिगारिरहेको छ : इमरान खान

१४ जेठ, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच जारी सीमा विवादका विषयमा मुख खोलेका छन् । धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको उनले बताएका छन् ।

प्रधानमन्त्री खानले ट्विटरमा लेखेका छन्, ‘नेपाल/चीनसगँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ ।’

अर्को ट्विटमा उनी लेख्छन्, ‘काश्मीरलाई अवैध रूपमा ओगटेर भारतले चौथो जेनेभा सम्मेलनअनुसार, युद्ध अपराध गरेको छ । मैले सधैं भन्दै आएको छु कि मोदी सरकार भारतीय अल्पसंख्यकका लागि मात्र नभएर क्षेत्रीय शान्तिका लागि नै खतरा बनेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment