+
+

स्वास्थ्य र जनजीविकालाई ध्यान दिँदै लकडाउन खुकुलो पार्न विज्ञापन संघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते ९:४७

२० जेठ, काठमाडौं ।  नेपाल विज्ञापन संघले आमनागरिकको स्वास्थ्य एवं जनजीविकालाई पुर्नविचार गर्दै लकडाउनको तरिकालाई बिश्लेषण गरी अन्य समाधानका उपायहरुको खोजी गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

लकडाउनले उद्योग, व्यवसाय, कल कारखाना, सेवाउद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई हृदयंगम गरी विस्तारै सुरक्षित तवरवाट जनजीवनलाई सहज हुने गरी केही खुकुलो पार्न आवश्यक भएको संघको ठहर छ ।

उद्योग, व्यवसाय, कल कारखाना, सेवाउद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर वन्द गरिरहँदा आमजनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी सञ्चालक, उद्योगीलाई आर्थिक रुपमा क्षतिका अलावा अर्बौंको लगानी समेत डुब्ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भूमिका निर्वाह गर्दै निर्णय लिनुपर्ने संघको मत छ ।

रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई सागसागै अगाडि बढाउन सरोकारवाला पक्ष तथा विशेषज्ञ समेतको परार्मश गरि मध्यममार्ग प्रसस्त गर्न अपरिहार्य देखिएको संघले बताएको छ ।

अन्यथा देश गहिरो आर्थिक संकटमा परी आम नागरिक भोकमरीको शिकार हुनसक्न ेतर्फ सचेत रहनसमेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?