+
+

सुशान्तको मुद्दाको छानबिन गर्न सीबीआइलाई सर्वोच्च अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३ गते १३:३१

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनको बिषयमा जाँच गर्न भारतको सर्वोच्च अदालतले सीवीआइलाई आदेश दिएको छ । बुधबार फैसला सुनाउँदै सर्वोच्चले सीवीआइलाई मुद्दाको जाँच गर्न आदेश दिएको हो ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले भारतको पटनामा भैरहेको छानविनलाई मुम्बइमा ट्रान्सफर गरि पाउँ भनी सर्वोच्चमा अपिल गरेकी थिइन् । सर्वोच्च अदालतले ‘विहार प्रहरीले दर्ता गरेको एफआइआर सही भएको, सीवीआई जाँचको सिफारिश कानुन बमोजिम भएको फैसला गरेको छ । साथै, मुम्बई प्रहरीलाई सीबीआई जाँचका लागि सहयोग गर्न र सम्पूर्ण प्रमाण सीबीआइलाई वुझाउन आदेश दिएको छ ।

सर्वोच्चले यो बिषयमा दर्ता हुने एफआइआरको जाँच पनि सीबीआइले नै गर्नुपर्ने आदेश दिएको छ ।

यो फैसला आउनासाथ बलिउडकर्मीले अब सत्य कुरा बाहिर आउने विश्वास गरेका छन् । नायक अक्षय कुमार, नायिका कंगना रनावतदेखि सुशान्तकी बहिनी श्वेता सिंहले सर्वोच्चको फैसलामा खुशी जनाएका छन् ।

नायिका रिया चक्रवर्तीले बिहारमा भैरहेको जाँचको आधारमा सीबीआइलाई मुद्दा ट्रान्सफर गर्नु कानुन विपरित भएको भन्दै उजुरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?