+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
६० बलमा २१ रन आवश्यक
विराटनगर किंग्स 2025
127/2 (9.6)
Shares

असोज २ बाट ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ प्रशारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते १२:०६

विश्वकै नम्बर वान डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार’को नेपाली संकरणको को प्रशारण असोजको २ गतेबाट हुने भएको छ । लकडाउन अगाडि नै यो शोको घोषणा हिमालय टेलिभिजनले गरेको थियो । तर, कोरोनाका कारण यो शोको छायांकन हुन सकेको थिएन । तर, लकडाउनका कारण घरमै रहेका दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेखि यो शो प्रशारण हुने भएको छ ।

‘हामीले सवै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने–‘सरकारले तय गरेको सुरक्षा मापदण्ड पालना गर्दै प्रसारणको तयारीमा जुटेका छौं ।’

२६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक एक जना व्यवसायिक डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिनेछन् । यो शोको प्रिमियरको छायांकन भैसकेको छ । शोमा हरेक साता एक जना बाहिरिनेछन् ।

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ पहिलो सिजनमा लोक गायिका ज्योति मगर, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, फुलन्देकी आमाको रुपमा चर्चित हाँस्य कलाकार उमेश राई, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व फुटबल कप्तान हरि खड्का, हाँस्य श्रृङ्खलाकी अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, मधेसकी सफल कलाकार पूजा ठाकुर, टिकटक ट्वीन स्टार दीपा–दमयन्ता र बाल नृत्य कलाकार देबयान्सी बैदबार स्टार प्रतिस्पर्धीका रुपमा सहभागी छन् ।

दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट बाहिरनेछन् । बिजेताले कुल २० लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?