+
+

रौतहटमा ट्रकले किच्दा बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १३:०५

२९ भदौ, काठमाडौं । रौतहटमा ट्रकले किच्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका-१० बस्ने बिक्रम साह तेलीकी ६ वर्षीया छोरी अनुष्का साह रहेकी छन् ।

आइतबार राति चन्द्रपुर नगरपालिका-१० बक्तौरामा ना.५ ख ६७६५ नम्बरको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?