+
+

भेरी अस्पतालमा उपचाररत बर्दियाका कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते १२:५३

७ असोज, काठमाडौं। बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा एकजना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका-३ बनियाभारका ३९ वर्षका पुरुषको उपचारको क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेले जानकारी दिएको छ ।

मृतक स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते दिउँसो भेरी अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतामा पीसीआर परीक्षण गर्दा ३० गते उनमा कोरोना पुष्टि भएको थियो ।

भेरी अस्पताल भर्ना हुनुअघि ती पुरुषले कोरोना भएको आशंकामा २८ गते पीसीआर परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब दिएका थिए । प्रतिष्ठानले उनको रिपोर्ट नेगेटिभ दिएको थियो ।

तर स्वास्थ्यमा समस्या भएपछि उनी २९ गते भेरी अस्पताल भर्ना भए । भेरीले पुन: स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?