
नायिका आँचल शर्मा म्यूजिक भिडियोमा व्यस्त छिन् । लकडाउन खुलेसँग धमाधम म्यूजिक भिडियोमा काम गरिरहेकी आँचलका केही गीतहरु मात्र चलेका छन् । उनले अभिनय गरेको ‘लज्जावती झार जस्तै’ बोलको गीतलाई दर्शकले रुचाए । अरु, गीत भने औषत चले ।
उनै, आँचल भिडियोमा स्टाइलिस्ट देखिएकी छिन् । बिहेपछि आफ्नो शरीर मेन्टेन गर्ने कुरामा अझै ध्यान दिएकाले पनि हुनसक्छ, आँचलको सुन्दरताको चर्चा अझै हुने गर्दछ । आँचलले लकडाउनयता नयाँ चलचित्र साइन गरेकी भने छैनन् । उनले अभिनय गरेको चलचित्र ‘झिंगे दाउ’ रिलिजको तयारीमा छ ।
उसो त, आँचल चलचित्र भन्दा पनि म्यूजिक भिडियोमा नै बढी जमेकी नायिका हुन् । यसैले, अहिले पनि उनको माग चलचित्र भन्दा भिडियोमा नै बढी भएको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4