+
+

धान झार्ने क्रममा थ्रेसरमा बेरिएर महिलाको मृत्यु   

रासस रासस
२०७७ असोज १६ गते १३:१७

१६ असोज, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा थ्रेसर मेसिनमा बेरिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो ।

‘खेतमा धान थ्रेसिङ गर्ने क्रममा साउदको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘ट्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।’

उनले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?