
१९ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका-१ का ३१ वर्षीय युवकको उपचारकै क्रममा सोमबार बिहान साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ।
आइतबार कोरोना संक्रमण पुष्टि भएका उनलाई सोमबारमात्रै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।मृतकमा मिर्गौला सम्बन्धी दीर्घ रोग रहेको प्रतिष्ठानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4