+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

रुपन्देहीमा ९५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते १२:५३

१६ कात्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-१ का ९५ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको आइतबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

जिल्लाका ७९ जना लक्षणसहितका संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । कूल ६ हजार १८८ जना संक्रमित रहेका रुपन्देहीमा ४ हजार ६१६ जना निको भएका छन् भने १४ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमितको औसत मृत्यु दर ०.९३ प्रतिशत रहेकामा रुपन्देहीमा भने १.२८ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?