+
+

स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा सह-प्राध्यापकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २३ गते १२:४७

२३ कात्तिक, बुटवल । रुपन्देहीमा स्कुटर सिक्ने क्रममा दुर्घटना हुँदा एकजना सह-प्राध्यापकको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–१ का करिब ५० वर्षीय डा. शिव पौडेलको आइतबार बिहान स्कुटर सिक्ने क्रममा मृत्यु भएको हो ।

नयाँ स्कुटर किनेर सिक्ने क्रममा आफ्नै घरको कम्पाउण्ड वालमा ठोक्किएर गम्भीर घाइते भएका पौडेललाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख डम्बर विकले पुष्टि गरे ।

बुटवल बहुमुखी क्याम्पसका नेपाली विषयका सहप्राध्यापक उनी हालै मात्र सहायक क्याम्पस प्रमुखमा नियुक्ति पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?