+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सांसदको प्रश्न : प्रधानमन्त्रीलाई सम्माननीय भनौं कि असम्माननीय ?

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २३ गते १४:४६

२३ पुस, काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले प्रतिनिधिसभा विघटनको चर्को विरोध गरेका छन् । बिहीबार बसेको बैठकमा बोल्दै सांसद मृगेन्द्रकुमार सिंह यादवले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पदीय आचरण विपरीत काम गरेको सांसद यादवको आरोप छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको यो कदमको, काम सम्मान पाउने गर्नुभएको छैन, सम्माननीय प्रधानमन्त्री भनौं कि असम्माननीय प्रधानमन्त्री भनौं ? बडो द्विविधामा छु’ बैठकमा यादवले भने ।

पार्टीको आन्तरिक विवादलाई निहुँ बनाएर जननिर्वाचित संस्था विघटन गर्नुलाई सांसद यादवले श्रीमती वा बुबासँग झगडा हुँदा घरमा आगो लगाएको घटनासँग तुलना गरे ।

आफूलाई घेराबन्दीमा पारेको भन्ने प्रधानमन्त्रीको भनाइको पनि उनले प्रतिवाद गरे । यादवले भने, ‘घेराबन्दीमा पार्‍यो रे ! कसले पार्‍यो घेराबन्दीमा? चुच्चे नक्सा ल्याउँदा के प्रतिपक्ष के सत्तापक्ष सबैले साथ दिएको होइन ? कुन विषयमा गर्‍यो संसदमा उहाँलाई घेराबन्दी ?’

देशको अभिभावक र संविधानको संरक्षक राष्ट्रपतिले पनि प्रधानमन्त्रीको कदमलाई सदर गर्न नहुनेमा उनको जोड थियो । यादवले भने, ‘मिल्छ भने संसद् विघटन फिर्ता लिइयोस् ।’

राष्ट्रियसभाका सांसदहरू बामदेव गौतम, गंगा बेल्वासे, रामनारायण विडारी, प्रकाश पन्थ लगायतले पनि प्रधानमन्त्रीले असंवैधानिक तरिकाले सनकको भरमा प्रतिनिधिसभा विघटन गरे भन्दै विरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?