१७ फागुन, काठमाडौं । अजित गुरुङको एक मात्र गोलको मद्दतमा रानी पोखरी कर्नर टिम (आरसीटीले) शहीद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लबलाई पराजित गरेको छ । सोमबार भएको खेलमा आरसीटीले टुसाललाई १-० ले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ७३औं मिनेटमा अजितले गोल गर्दै आरसीटीलाई अग्रता दिलाए र त्यही गोल आरसीटीलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।
जितपछि ८ खेलबाट १२ अंक जोड्दै आरसीटी अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ ।
८ खेलबाट ८ अंक नै रहेको टुसाल सातौं स्थानमा छ ।