+
+

‘दक्षिण एसियामा नेपाल दोस्रो शान्त मुलुक’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते २०:०६

१६ फागुन, काठमाडौं । दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको एक अध्ययनले देखाएको छ । ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययन अनुसार दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको देखाएको हो । अध्ययनमा माल्दिभ्सको बारेमा भने कुनै उल्लेख गरिएको छैन ।

ग्लोवल पिस इन्डेक्स २०२० अनुसार यस क्षेत्रको पहिलो शान्त मुलुक भुटान हो भने सबैभन्दा धेरै अशान्त मुलुक अफगानिस्तान हो ।

सो संस्थाको विश्वव्यापी श्रेणीमा भुटान १९ औं स्थानमा रहेको छ भने नेपाल ७३ औं स्थानमा छ । सन् २०१९ मा नेपाल ७६ औं स्थानमा थियो ।

दक्षिण एसियाका अन्य मुलुकहरुमा भारत १३९ औं, पाकिस्तान १५२, बंगलादेश ९७, श्रीलंका ७७ र अफगानिस्तान १६३ औं स्थानमा रहेका छन । समग्रमा सन् २०२० मा दक्षिण एसियामा शान्तिको वातावरणमा केही खल्बलिएको सो अध्ययनले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?