Comments Add Comment

सांसदहरुले पुसदेखि रोकिएको तलब एकमुस्ट पाउने

२ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब/सुविधा एकमुस्ट पाउने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब/सुविधा रोकेको थियो ।

फागुन ११ गते सर्वोच्च अदालबाट प्रतिनिधिसभा विघटन बदर भएपछि यसअघि रोकिएको तलब सुविधा सांसदहरुले एकमुस्ट पाउने भएका हुन् ।

फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको सबै तलब एकमुस्ट पठाइने संसद सचिवालयले जनाएको छ । सांसदहरुको तलब मासिक ५५ हजार २३० रुपैयाँ छ ।

प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति र सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकको को ६० हजार ९७०, राष्ट्रिय दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलको सचेतकको ५७ हजार ७८० रुपैयाँ रहेको छ ।

यसका अलावा विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा, आवास सुविधा, फर्निचर खर्च, इन्धन खर्च, यातायात सुविधा, बिजुली धारा लगायतका शीर्षकमा पनि सांसदहरुले सुविधा पाउँछन् ।

सांसदले कति तलब पाउँछन् ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment