+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दियो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १६ गते २१:०६

१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहका अनुसार जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई ७ः१५ बजे ठक्कर दिएको थियो । घाइते उनलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएको छ ।

‘हाल अस्पतालले रिफर गरेपछि काठमाडौंको बीएण्डबी अस्पताल पठाउने तयारी भइरहेको छ’, प्रहरी उपरीक्षक (एसपी) शाहले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?