Comments Add Comment

मेयर कप क्रिकेट : काठमाडौं मेयर-११ टिमको घोषणा

१७ फागुन, काठमाडौं । यही फागुन २२ गतेदेखि सुरु हुने मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि काठमाडौं मेयर-११ टिमको घोषणा भएको छ ।

काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको यस प्रतियोगितामा गत माघमा भएको प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल खेलेका चार टिम र काठमाडौं मेयर-११ टिमसहित पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रधानमन्त्री कपको सेमिफाइनल पुगेका चार टिम त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस र बागमती प्रदेश सिधै मेयर कपको लागि छनोट भइसकेका छन् । बाँकी ६ प्रदेशबाट खेलाडी छनोट गरी संयुक्त रुपमा एक टिम निर्माण गरिएको हो । जसको नाम काठमाडौं मेयर-११ रहनेछ ।

बागमती प्रदेशबाहेक अन्य प्रदेशबाट प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई काठमाडौं मेयर-११ टिममा समावेश गरिएको छ ।

यसमा लुम्बिनी प्रदेशबाट सर्वाधिक ५ खेलाडी छनोट भएका छन् । यस्तै कर्णाली प्रदेशबाट ३ तथा प्रदेश नम्बर २,  गण्डकी प्रदेश र सुदूरपश्चिमबाट २-२ जना खेलाडी छनोट भएका छन् । यस्तै प्रदेश १ बाट १ जना खेलाडी छनोट भएका छन् ।

मेयर कप फागुन २२ देखि २९ गतेसम्म टीयू क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ । सहभागी ५ टिमबीच सिंगल राउण्ड रोविनमा खेल हुनेछ र शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन् ।

काठमाडौ मेयर-११ टिम

सिद्धान्त लोहनी : प्रदेश १

हरिशंकर शाह : प्रदेश २

विवेक यादव : प्रदेश २

विपिन खत्री : गण्डकी

अर्जुन कुमाल : गण्डकी

कृष्ण कार्की : लुम्बिनी

सौरभ खनाल : लुम्बिनी

अनिल खरेल : लुम्बिनी

विक्रम भुसाल : लुम्बिनी

सन्दीप रजाली : लुम्बिनी

अनुज चुनारा : कर्णाली

विपिन रावल : कर्णाली

रविन्द्रजंग शाही : कर्णाली

खड्गबहादुर बोहरा : सुदूरपश्चिम

नारायण जोशी : सुदूरपश्चिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment