+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु   

रासस रासस
२०७७ चैत ६ गते १५:००

६ चैत, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा शुक्रबार बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् ।

प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ना२१प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर चालक मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । स्कुटरलाई ठक्कर दिने ट्याक्टर चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटना शुक्रबार बिहान १०ः४० बजे भएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?