+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

बेलायतमा नयाँ विधेयकको विरोधमा प्रदर्शन, सय जनाभन्दा बढी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते १४:०६

२३ चैत, काठमाडौं । बेलायतमा नयाँ विधेयकको विरोधमा भएको प्रदर्शनका क्रममा सय जनाभन्दा बढी पक्राउ परेका छन् ।

बेलायत सरकारले प्रहरी, अपराध, सजाय र अदालतसम्बन्धी ल्याएको विधेयकको विरोधमा प्रदर्शन भएको हो । शनिबार लण्डनमा भएको प्रदर्शनमा हजारौंको संख्यामा प्रदर्शनकारी उपस्थित भएका थिए । त्यसक्रममा १०७ जना पक्राउ परेको जनाइएको छ । उक्त विधेयक पारित भए कुनै पनि आन्दोलन हिंसात्मक नभएपनि त्यसलाई रोक्ने अनुमति प्रहरीलाई हुनेछ ।

कोरोना संक्रमण नियन्त्रणका लागि बेलायतले सामाजित गतिविधिमा रोक लगाएको भएपनि त्यसलाई उल्लंघन गर्दै प्रदर्शनकारीहरु सडकमा ओर्लिएका हुन् । प्रहरीका अनुसार शनिबारको आन्दोलन अधिकांश समय शान्तिपूर्ण थियो । साथै अधिकांशले भौतिक दूरीको नियम पनि पालना गरेका थिए ।

यद्यपि हिंसात्मक गतिविधिमा उत्रिने र कोरोनाका लागि लगाइएको प्रतिबन्ध नमान्ने व्यक्तिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उक्त प्रदर्शनमा १० जना प्रहरी घाइते भएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?