
२० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राजधानी बाहिर रहेका सांसदहरुलाई तत्काल काठमाडौं उपत्यकामा आउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा कार्यालयबाट सांसदहरुलाई फोन गएको थियो । फोनमा राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने भन्दै सांसदहरुलाई काठमाडौं उपत्यकामा आएर बस्न भनिएको थियो ।
जसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले सांसदहरुलाई काठमाडौं बोलाएको पुष्टि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4