Comments Add Comment

‘राधे’को समीक्षा गरेपछि केआरकेविरुद्ध सलमानले गरे अदालतमा उजुरी

नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ले समिक्षक तथा दर्शकको खराब समिक्षा पायो । यसको असर चलचित्रको कलेक्शनमा पनि देखियो ।

चलचित्रको पहिलो हाफ हेरेपछि समिक्षक कमाल राशिद खानले यो चलचित्रको नकारात्मक समिक्षा गरे । उनले, यो चलचित्र आफूले रुदै हेरेको भन्दै समिक्षा गरेका थिए । तर, उनको यो आलोचना भने सलमानलाई चित्त वुझेन ।

केआरकेले आफ्नो मानहानी गरेको भन्दै नायक सलमान खानले मुम्बई अदालतमा उजुरी दर्ता गरेका छन् । सलमानले उजुरी दर्ता गराएपछि केआरकेले पनि प्रतिक्रिया दिएका छन् । केआरकेले अबदेखि आफूले सलमानको चलचित्रको समिक्षा नगर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘प्यारा सलमान खान, यो मानहानीको मुद्दा तपाइको हतास र निराशाको प्रमाण हो । म आफ्ना फलोअर्सका लागि समिक्षा गर्दछु । मैले आफ्नो काम गरिरहेको छु । मलाई तपाइको चलचित्रको समिक्षा गर्नबाट रोक्नुको साटो बरु एउटा राम्रो चलचित्र बनाउनुहोस् । म सत्यताका लागि लडिरहनेछु ।’

केआरकेले अर्को एक ट्विट गर्दै आफ्नो समिक्षाको प्रभाव निकै परेको भन्दै अब आफूले सलमानको चलचित्रको समिक्षा नगर्ने पनि उल्लेख गरेका छन् ।
मे १३ बाट हल र ओटीटीमा एकसाथ रिलिज भएको चलचित्र ‘राधे’लाई दर्शकले कम रेटिङ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment