
२१ जेठ, काठमाडौं । निषेधाज्ञाको समयमा परेकाहरुलाई ठमेलको सातघुम्ती चोकमा मेन्ज फाउन्डेसनले राहत वितरण गरेको छ । शुक्रबार यहाँ दिउँसो १ देखि ४ बजेसम्म राहत वितरण गरिएको थियो ।
निषेधाज्ञा सुरु भएयता हालसम्म दुई हजार जनालाई राहत वितरण गरिएको मेन्ज फाउन्डेसनका अध्यक्ष मिन्हाज खानले जानकारी दिए ।
लकडाउनको भोलिपल्टदेखि नियमित रुपमा राहत र खाना वितरण गर्दै आएको उनले बताए । हरेक बुधबार दिउँसो १ देखि ४ बजेसम्म टोकन वितरण गर्ने र शुक्रबार १ देखि ४ बजेसम्म राहत वितरण गर्ने गरेको खानले बताए ।
राहत सामग्री लिन भक्तपुर, ललितपुरदेखि पनि मानिसहरु आएका छन् । फाउन्डेसनले राहतमा ३ किलो चामल, आधा किलो दाल र एक किलो नुन दिने गरेको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4