+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ८ गते १३:२०

८ असार, लहान । सिरहाका बेग्लाबेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका-९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका–५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै आफ्नो घरको मिटरको तार जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?