
१८ असार, काठमाडौं । अनन्त वाग्लेको नयाँ उपन्यास ‘कदम’ सार्वजनिक भएको छ । उपन्यास ‘जंगलका राजा’ भनेर चिनाउने लोपोन्मुख आदिवासी राउटे समुदायमा आधारित भएको प्रकाशक ‘काठमाण्डु पब्लिकेसन’ले जनाएको छ ।
स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुख–दुःख, परिवार, जीविका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाएर उपन्यास तयार पारिएको लेखक वाग्लेले बताए ।
३१६ पृष्ठको यस पुस्तकको मूल्य चार सय रुपैयाँ रहेको छ ।
लेखकस्वको अंश राउटे समुदायको हितमा खर्चने घोषणा गरेका वाग्ले दर्जनौं बालसाहित्यका सर्जकसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4