Comments Add Comment

विचित्र संसार

List Grid
११ वर्षपछि सूर्यमा ठूलो हलचल, पृथ्वीलाई खतरा !

काठमाडौं । कोरोना भाइरसका कारण अहिले संसारका धेरै देशहरु लकडाउनमा छन् । तर वैज्ञानिक भाषामा भन्नुपर्दा संसारलाई उज्यालो बनाउने सूर्य विगत ११ वर्षदेखि नै लकडाउनमा थियो । अन्ततः अहिले सूर्य लकडाउनबाट बाहिर निस्किएको छ, अर्थात् सूर्य जागेको छ । सूर्यमा एउटा विशाल धब्बा अर्थात् सौर्य धब्बा देखा परेको छ । उक्त धब्बा यति ठूलो छ […]

सर्पले एकसाथ जन्मायो ३३ वटा बच्चा

कतिपय सर्पका प्रजातिले अण्डा पार्दछन् भने केहीले बच्चा नै जन्माउँदछन् । बच्चा जन्माउने प्रजातिमा पर्दछ रसेल्स भाइपर भन्ने सर्प । उक्त प्रजातिको एक सर्पले हालै एकसाथ ३३ वटा बच्चा जन्माएको छ । भारतको तमिलनाडुस्थित कोइम्बातोर चिडियाखानामा रहेको एक रसेल्स भाइपर सर्पले एकसाथ ३३ बच्चा जन्माएको हो । तर यो प्रजातिको सर्पले यतिधेरै बच्चा जन्माउनु नौलो […]

कोरोनाले जागिर खाइदिएको भन्दै निर्वस्त्र प्रदर्शनमा उत्रिए मजदुर

विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अर्थतन्त्र तहसनहस पारिरहेको छ । करोडौँ मानिसहरुले रोजगारी गुमाइसकेका छन् । करोडौँ मजदुरहरुले रोजगारी गुमाइरहेको बेला करोडौँ मालिकहरु समेत टाट उल्टिरहेका छन् आफ्नो व्यवसाय बन्द हुँदा । कोरोनाका कारण आफ्नो व्यवसाय ठप्प भएको तथा आम्दानी गुमेको भन्दै रुसमा रेष्टुरेन्ट मजदुर तथा रेष्टुरेन्ट मालिकहरु निर्वस्त्र आन्दोलनमा उत्रिएका छन् । कोरोना […]

गज्जबको सरकारी निर्णय : कोरोना भाइरस संक्रमितलाई डेढ लाख भत्ता

विश्वव्यापी बनेको कोरोना भाइरस महामारीका कारण दुनियाँका हरेक देशको अर्थतन्त्र डामाडोल बनिरहेको छ । यद्यपि विभिन्न मुलुकहरुले आफ्ना जनताको राहतका लागि केही न केही त गरिरहेकै छन् । अमेरिकाको क्यालिफोर्नियास्थित एक सानो सहरले कोरोना भाइरसबाट संक्रमित हुने आफ्ना बासिन्दाहरुका लागि कोरोना भत्ता दिने निर्णय गरेको छ । क्यालिफोर्नियाको अलामेडा काउन्टीले आफ्नो क्षेत्रमा कुनै पनि मानिस […]

ल्यापटप चोर्ने बँदेल लखेट्दै निर्वस्त्र मान्छे दौडिएपछि…

प्रकृति प्रेमी मानिहरुलाई प्रकृतिको धेरै नजिक जानु पनि कहिलेकाहीँ महँगो पर्दो रहेछ । बेलायतका एकजना प्रकृतिवादी व्यक्तिलाई हालै यस्तै भएको छ । प्रकृतिमा लीन हुने र निर्वस्त्र घुम्ने प्रकृतिवादी एकजना वृद्ध एउटा जंगली बँदेलको पछि-पछि दौडिएको तस्वीर हालै निकै भाइरल बनेको छ । जंगलमा विश्राम गरिरहेको बेला ती व्यक्तिले आफ्नो नजिकै राखेको झोला बँदेलले मुखमा […]

रिटायर्ड भयो चर्चित कूटनीतिज्ञ बिरालो

बेलायतको विदेश मन्त्रालयमा कार्यरत एउटा चर्चित बिरालो सेवा निवृत्त भएको छ । लर्ड पाल्मेर्स्टन द चिफ माउसर नामको उक्त बिरालोले बेलायको कूटनीतिक सेवाको जागिरबाट स्वेच्छिक अवकाश लिएको बेलायतको परराष्ट्र मन्त्रायले जनाएको छ । अबकाससँगै अब यो बिरालोले बेलायतको ग्रामीण इलाकामा आफ्नो रिटायर्ड जीवन बिताउनेछ । परराष्ट्र मन्त्रालयकै एकजना अधिकारीको घरमा यो बिरालोले आफ्नो बाँकी जीवन […]

डाइनोसरलाई क्यान्सर !

प्राणघातक रोग क्यान्सर भन्ने बित्तिकै जो कोहीको मन डराउँछ । बदलिँदो जीवनशैली तथा प्रदूषणलगायतका कारण पछिल्लो समयमा विश्वमा क्यान्सर रोगीहरुको संख्यामा समेत वृद्धि हुँदै गएको तथ्यांक छ । आधुनिक युगमा मानिसका लागि डरलाग्दो रोग करोडौँ वर्ष अघिचाहिँ पृथ्वीमा रहेका विशालकाय जीवहरुमा समेत रहेको तथ्य पत्ता लागेको छ । पृथ्वीमा भएको प्रलयका कारण करोडौँ वर्षअघि लोप […]

यो हो विश्वकै सबैभन्दा महँगो कार

चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले हालै विश्वकै सबैभन्दा महँगो कार खरिद गरेका छन् । दुनियाँको सबैभन्दा महँगो कार बुगाटी ला वायोएवर हो । हालै आफ्नो क्लब युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको खुसियालीमा रोनाल्डोले उक्त कार खरिद गरेका हुन् । दुनियाँकै महँगो उक्त कारको मूल्य कति होला ? समाचार अनुसार रोनाल्डोले उक्त कार खरिद गर्न […]

४ सय एक्कडमा गज्जबको आलु होटल

अमेरिकामा एक कम्पनीले ४ सय एक्कडको ठूलो मैदानमा खोलेको विशाल आलु होटल अहिले चर्चामा छ । भीमकाय आलु जस्तै देखिने उक्त लक्जरी होटलको वजन करिब ६ टन रहेको छ । जुन एयरबर्न कम्पनीले बनाएको हो । सिमेन्ट, कंक्रिट र स्टिलबाट बनेको आलुजस्तै देखिने उक्त होटलको नाम बिग इडाहो पोटेटो होटल हो । उक्त आलु होटलमा […]

जेलबाट भाग्यो लागु औषध अपराधी बिरालो

काठमाडौं । लागु औषध ओसारपसारमा संलग्न रहेको आरोपमा जेलमा रहेको एउटा बिरालोले जेलब्रेक गरेर भागेको छ । श्रीलंकाको एक मुख्य जेलमा थुनिएको उक्त बिरालो सोमबार भागेको हो । सो बिरालो लागु औषध र मोबाइल फोनका सिमकार्ड तस्करीको प्रयास गर्दागर्दै पक्राउ परेको थियो । सुरक्षा अधिकारीहरुले श्रीलंकाको वेलिकाडा जेलमा गत शनिवार सो बिरालोलाई सिमकार्ड, लागु औषध […]

८ महिनापछि हिरासतबाट रिहा भयो भाले कुखुरा

पाकिस्तानको सिन्ध प्रान्तस्थित घोटमी जिल्लास्थित एक स्थानीय अदालतले ८ महिनादेखि पुलिसको हिरासतमा रहेको एउटा कुखुरालाई रिहा गरी उसको मालिकलाई सुम्पिनका लागि आदेश दियो । सिन्धका विभिन्न दुईवटा पुलिस चौकीमा पाँचवटा कुखुराहरु प्रहरी हिरासतमा रहेकोमा अदालतमा आदेशपछि एउटा कुखुरा रिहा भएको छ । भाले जुधाई खेलका क्रममा छापा मारेर पुलिसले ती कुखुरा पक्राउ गरेको थियो । […]

यो हो विश्वकै अग्लो जिराफ, जसको नाप लिन विशेष खम्बा बनाइयो

काठमाडौं । अष्ट्रेलियाको एक चिडियाखानामा रहेको जिराफले गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएको छ । ‘फरेस्ट’ नामक उक्त जिराफले विश्वकै अग्लो जिराफको कीर्तिमानी दर्ज गरेको हो । १२ वर्ष उमेरको उक्त जिराफलाई दुनियाकै सबैभन्दा अग्लो जीवित जिराफ घोषित गरिएको गिनिज वल्र्ड रेकर्डस्ले जनाएको छ । यो जिराफ यति धेरै अग्लो छ कि त्यसको जिउको […]

आदिवासीलाई होच्याए बापतको जरिवाना : ८ वटा भैँसी र बाजा

काठमाडौं । मलेसियाको बोर्नियो टापुमा बस्ने आदिवासी समुदायलाई अपमान गर्नु एकजना पाकिस्तानी नागरिकका लागि महंगो मात्र परेन जीवनभर बिर्सनै नसक्ने घटना बनेको छ । बोर्नियोका आदिवासीलाई अपमान गरेको आरोपमा मलेसियाको एक अदालतले एकजना पाकिस्तानी नागरिकमाथि ८ वटा भैँसी र ८ वटा बाजा जरिवाना गरेको छ । सबाह राज्यस्थित एक स्थानीय अदालतले आमिर अली खान नवटाईले […]

मंगल ग्रहमा हेलिकप्टर पठाउँदै नासा

पृथ्वी बाहेक जीवनको सम्भावना रहेको ठानिएको सौर्यमण्डलको अर्को ग्रह मंगलका बारेमा वैज्ञानिकहरुले लामो समयदेखि खोज अनुसन्धान गरिरहेका छन् । यसैबीचमा अमेरिकी अन्तरीक्ष संस्था नासाले इतिहासमै पहिलोपटक मंगल ग्रहमा हेलिकप्टर पठाउँदैछ । मंगल ग्रहको अनुसन्धानका लागि आफ्नो नयाँ मंगल मिसन लञ्च गर्न थालेको नासाले मार्स रोबरका साथ एक ड्रोन हेलिकप्टर समेत मंगल ग्रहमा पठाउनेछ । त्यसैले […]

अमेरिकी राजदूतले खौरिए विवादित जुँगा

दक्षिण कोरियास्थित अमेरिकी राजदूत ह्यारी ह्यारिसको जुँगा पछिल्ला दिनमा निकै चर्चित र विवादित बन्यो । सायद दुनियाँकै सबैभन्दा विवादास्पद भनिने उक्त जुँगामा अन्ततः ब्लेड चलेको छ । अर्थात् अमेरिकी राजदूतले आफ्नो विवादित जुँगा खौरिएका छन् । आफ्नो जुँगा असाधारण आलोचनामा परेसँगै राजदूत ह्यारिस सियोलस्थित एक परम्परागत नाउँ पसलमा गएर आफ्नो जुँगा कटाएका छन् । जापानी […]

लुकिछिपी विरुवा खाएको आरोपमा १५ बाख्रामाथि मुद्दा, नगद जरिवाना

चोरीको अभियोगमा अभियुक्तहरुमाथि सजायँ भएको त सुनिएकै हो । तर चोरेर घाँस खाएको आरोपमा बाख्रामाथि समेत मुद्दा चलेको र सजायँ भएको चाहीँ सुनिएको थिएन । हालै छिमेकी मुलुक भारतको तेलंगानामा यस्तो अनौठो घटना भएको छ । लुकिछिपी रुखको घाँस खाइदिएको आरोपमा त्यहाँ १५ वटा बाख्रामाथि मुद्दा दर्ता भयो । ती बाख्राहरुलाई हिरासतमा लिइयो र ३ […]

अनौठो गाउँ, जहाँका मुखिया भारतमा खान्छन् तर म्यानमारमा सुत्न जान्छन्

कुनै गाउँका मुखियाले एक देशमा खाना खाने तर अर्को देशमा सुत्न जाने गरेको सुन्नुभएको छ ? यस्तो अनौठो गाउँ हाम्रै छिमेकी मुलुक भारतमा छ । भारत र म्यानमारको सीमानामा पर्ने लोंगवा गाउँको आधा हिस्सा भारतमा छ भने आधा म्यानमारमा रहेको छ । भारत र म्यानमारको सीमा रेखाले यो गाउँलाई ठ्याक्कै बीच भागबाट काटेको छ । […]

दिनहुँ दुध दिने दुनियाँकै अनौठो बोका

बाख्रीले दुध दिनु त अनौठो कुरा भएन । तर जब बोकाले दुध दिन थाल्दछ, तब त्यो दुनियाकै आठौँ आश्चर्य नबन्ने कुरा भएन । यस्तो अकल्पनीय घटना भारतको राजस्थानमा भएको छ । राजस्थानको धौलपुर जिल्लास्थित गुर्जामा एकजना किसानले घरमा पालेको एउटा बोकाले दिनहुँ दुध दिने गरेको छ । बोकाबाट दुहेको दुधलाई उसका मालिकले निकै स्वाद मानेर […]

कसले किन्ला २० हजार रुपैयाँको मास्क ?

कोरोना भाइरस महामारीले पूरै विश्वमा आतंक मच्चाइहेको छ । दुनियामा एक करोड ६० लाख भन्दा धेरै मानिसहरु यो भाइरसबाट संक्रमित भैसकेका छन् भने करीब साढे ६ लाख मानिसको मृत्यु भैसकेको छ । यो महामारीले संसारमा मानिसहरुको जिवनशैलीमा परिवर्तन गरिदिएको छ । कोरोना भाइरसको भ्याक्सिन बनाउने कार्यमा अहिलेसम्म सफलता प्राप्त भैसकेको छैन । जहिलेसम्म यो भाइरस […]

जब लण्डनको सडकमा मास्कको अण्डरवेयर मात्र लगाएर निस्किए पुरुष

बेलायतको राजधानी लण्डन सहरमा कोरोना संक्रमणको बढ्दो कहरका बीच एकजना व्यक्ति मास्कको पेन्टी लगाएर यताउता घुमिरहेको देखियो । जिउमा अरु लुगा नलगाएका र मास्कको अण्डरवेयरले गोप्य अंग छोपेका ती युवकलाई देख्ने मानिसहरु ट्वाँ पर्नु स्वभाविकै थियो । सडकमा घुमिरहेका ती युवक धेरै जना महिलाहरुको नजिकबाट समेत हिँडिरहे । आसपासमा रहेका मानिसहरुले उनको तस्वीरु समेत खिचिरहेका […]

यस्तो गाउँ, जहाँ नाग पञ्चमीमा लाग्छ सर्पको मेला

हिजो शनिवार हिन्दु धर्मावलम्बीहरुले नाग पञ्चमी पर्व मनाए । नाग पञ्चमीमा नागको पुजा गर्ने तथा घरका ढोकाहरुमा नागको चित्र टाँस्ने चलन छ । तर छिमेकी मुलुक भारतको एउटा गाउँमा चाहीँ नाग पञ्चमीको अवसरमा सर्पको मेला लाग्दछ । भारतको बिहार राज्यस्थित समस्तीपूरमा हरेक वर्ष नागपञ्चमीमा सर्प मेलाको आयोजना गरिन्छ । समस्तीपुरको सिंघिया, नरहन, डुमरिया, खदियाही, बेसही, […]