
संसारमा बिहेबारी सम्बन्धी अनेक खालका परम्परा छन् । मानिसहरुले अनेक तरिकाले बिहे गरेका खबर पनि सुन्न पाइन्छ, बेला बेलामा । कतिले आफैसँग बिहे गर्छन् त कतिले कुनै डलसँग बिहे गर्छन् । तर भारतको ओडिसामा भने त्यसभन्दा पनि फरक खालको बिहे भएको छ ।
त्यहाँ दुईवटा बच्चाको एक एक वटा कुकुरसँग बिहे गराइएको छ । समाचार अनुसार एकजना बालकको बिहे पोथी कुकुरसँग र बालिकाको बिहे एउटा भाले कुकुरसँग गराइएको हो ।
प्रेतात्माबाट मुक्ति पाउने अन्धविश्वासको आधारमा ओडिसाको बालासोर जिल्लास्थित एक आदिवासी गाउँमा यस्तो कुकुर र मान्छेबीच बिहे भएको हो ।
स्थानीय बन्धशाही गाउँमा बस्ने आदिवासी समुदायका मचुआ सिंह नामका व्यक्तिले आफ्ना ११ वर्षीय छोरा तपन सिंहका लागि बेहुलीको रुपमा एउटा पोथी कुकुरको बन्दोबस्त गरे । उता गाउँकै मानस सिंहले चाहीँ आफ्नी ७ वर्षीया छोरी लक्ष्मीको बिहे एउटा भाले कुकुरसँग गराए ।
बच्चाको माथिल्लो बंगरामा पहिलो दाँत देखिएसँगै उनीहरुले बच्चाको बिहे गरिदिन कुकुरको खोजी सुरु गरेका थिए । उक्त आदिवासी समुदायमा बच्चाहरुको बिहे कुकुरसँग नगराएमा उनीहरुको जिवनमा खराब असर पर्नसक्ने मान्यता छ ।
एकजना स्थानीयका अनुसार आदिवासी परम्परा अनुसार बिहान ७ बजेदेखि १ बजेसम्ममा ती दुईवटा बिहे सम्पन्न भए र गाउँलेहरुलाई सामूहिक भोज गराइयो । परम्परागत मान्यता अनुसार बिहेपछि खराब आत्माको छायाँ कुकुरमा सर्दछ । यो अन्धविश्वास उक्त समुदायमा पुस्तौँदेखि चल्दै आएको छ ।
बिहेको क्रममा पोथी कुकुरलाई रातो सारीमा सजाइएको थियो भने बेहुला बनेको भाले कुकुर बिहेमा विद्युतीय खेलौना कारमा चढेर आएको थियो । बिहेपछि बेहुली कुकुरलाई परम्परागत डोलीमा चढाएर विदा गरिएको थियो । एजेन्सीको सहयोग
प्रतिक्रिया 4