+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७५ प्रतिशत उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते ६:५७

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७५.२५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

२०४ जनाले परीक्षा फारम भरेको र २०२ जना परीक्षामा सहभागी भएकोमध्ये १५२ जना अर्थात् ७५.२५ प्रतिशत चिकित्सक उत्तीर्ण भएको काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. सतीशकुमार देवले जानकारी दिए ।

परीक्षामा सहभागी ५० जना चिकित्सकले चिकित्साशास्त्रतर्फको स्नातकोत्तर तह परीक्षा पास गरे पनि विशेषज्ञ लाइसेन्स परीक्षामा भने अनुत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिलले विशेषज्ञसहित स्नातक तह (एमबिबिएस र बिडिएस) चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा वर्षको तीनपटक लिने गरेको छ ।

परीक्षाको नतिजा नेपाल मेडिकल काउन्सिलको वेबसाइटमा नाम र सिम्बोलन नम्बर इन्टर गरेर हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?