Comments Add Comment

प्रदेश ७

List Grid
भारतबाट आएका युवकको मृत्युपछि डोटीमा त्रास

७ बैशाख, डोटी । ११ दिनअघि भारतको गुजरातबाट आएका युवकको मृत्यु भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका बासिन्दामा त्रास बढेको छ । उनको कोरोना संक्रमणका कारण मृत्यु भएको आशंका गर्दै गाउँलेले शव उठाउन सुरक्षाकर्मीको सहयोग खोजेका छन् । सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मंगलबार आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयले बताएका छन् […]

डोटी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

४ वैशाख, डोटी । डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कोरोना भाइरसको त्रासका बीच डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिद्वारा शनिबार आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज […]

बैतडीमा बालकको हत्या, एकजना पक्राउ

४ वैशाख, काठमाडौं । हतौडा प्रहारबाट बैतडीमा एक बालकको हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको शनिबार बिहान हत्या भएको हो । महेशको हत्या गरेको आरोपमा दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने २२ वर्षीय नारायण भुललाई प्रहरीले पक्राउ गरेको छ । खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमका अनुसार मामाघर दोगडाकेदार आएका […]

विशु पर्व मनाउन डोटीको शिखर नगरपालिकामा चार दिन विद्यालय बन्द

२९ चैत, डोटी । डोटीको शिखर नगरपालिकाले विशु पर्व मनाउन चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि वैशाख ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । नगर शिक्षा समितिको निर्णयले बिदा दिइएको नगर शिक्षा शाखाका प्राविधिक सहायक रोजी जोशीले जानकारी दिइन् । सरकारले वायु प्रदूषण […]

गड्डाचाैकी नाकामा विशु पर्व मनाउन घर फर्कनेको लर्को

२९ चैत, मेहन्द्रनगर । कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न क्षेत्रमा मजदुरीका लागि गएका सुदूरपश्चिमका वासिन्दा विशु पर्व मनाउन घर फर्किन थालेका छन् । भारतमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति विशु पर्व (नयाँ वर्ष) मनाउन घर फर्किने गर्दछन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व […]

कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि

२७ चैत, कञ्चनपुर। कञ्चनपुरका वन क्षेत्रमा आगलागीका घटनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा वन क्षेत्रमा अधिक आगलागी भएको पाइएको छ । सुक्खा मौसम र गर्मीका कारण वन क्षेत्र आगलागीको चपेटामा परेको हो । वन क्षेत्रमा आगलागी हुँदा लाखौँ मूल्यको काठ जलेर नष्ट भएको छ । आगलागीका कारण बासस्थान नासिँदा वन्यजन्तु मानवबस्तीतर्फ आउने र […]

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल विजयी

२७ चैत, डोटी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा योगेश रावल विजयी भएका छन् । रावल आफ्नो प्रतिस्पर्धी कृष्ण ओलीलाई चार सय ६४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । पत्रकारहरुका बिभिन्न १२ वटा राजनीतिक संगठनहरुको संयुक्त प्यानलको नेतृत्व गरेका रावलले सात सय ५६ मत प्राप्त गरे । प्रेस चौतारी (ओली […]

सवारी दुर्घटनामा एकजनाको मृत्यु

२४ चैत, काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–२ पानीट्यांकीमा ट्रकमा कार ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३५ नम्बरको कार सोमबार बेलुका ठक्कर खाई दुर्घटना हुँदा कारमा सवार सुर्खेतको भेरीगंगा नगरपालिका–५ कालीदमारकी २७ वर्षीय सुनिता पुन मगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी […]

कैलालीमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान

२४ चैत, धनगढी । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो । […]

सेती नदीमा डुबेर एकजनाको मृत्यु

२१ चैत, डोटी । सेती नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका–२ कालागाडस्थित सालमुनीमा पूजा गर्न गएका दार्चुलाको मालिकार्जुन घर भई सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियरिङ अध्ययनरत १७ वर्षीय दीपेन्द्र सिंह धामीको सेतीमा डुबेर मृत्यु भएको हो । नुहाउनका लागि नदीमा पसेका धामी डुबेको थाहा पाएपछि स्थानीय युवाहरुले खोजी […]

भारतबाट कञ्चनपुर फर्किएका २४ जनाको एन्टिजेन परीक्षण नतिजा पोजेटिभ

२१ चैत, कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको […]

कैलालीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्युु

२१ चैत, काठमाडौं । कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक अरुण बमले शुक्रबार तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु […]

डोटीका विद्यालय कतै खुला, कतै बन्द

१८ चैत्र, डोटी । मंगलवारदेखि चार दिनका लागि विद्यालय बन्द गर्ने संघीय सरकारको निर्णय डोटीमा पूर्ण रुपमा कार्यान्वयन भएन । काठमाडौँ उपत्यका र देशका अन्य केही भागमा प्रदूषण फैलिएको कारण देखाउँदै संघीय सरकारको शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै डोटीका शिखर नगरपालिकाले प्रशासनले विज्ञप्ति निकालेर विद्यालय नियमित सञ्चालन गर्न […]

सुदूरपश्चिममा दुई लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

१७ चैत, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै माघदेखि हालसम्म दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको छ । खोप अभियानमा प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुरामा लगाएका छन् […]

कञ्चनपुरमा वडाध्यक्षको निधन

१४ चैत, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ । वडाध्यक्ष चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । ‘घाटीमा मासु अड्केर बेहोस भएपछि […]

कैलालीमा सामूहिक रुपमा होली खेल्न राेक

११ चैत, डोटी । जिल्ला प्रशासन कार्यालय कैलालीले फागु पूर्णिमा (होली) सामूहिक रुपमा नमनाउन आग्रह गरेको छ । जिल्ला प्रशासनले बुधबार एक आदेश जारी गर्दै भारतका विभिन्न प्रान्तमा कोभिड–१९ को संक्रमण बढिरहेको र मृत्युदरमा समेत वृद्धि भएकाले नेपालमा पनि जोखिम बढेको भन्दै सामूहिक रुपमा होली खेल्नमा रोक लगाएको छ । खुला सिमानाका कारण सीमा नाकाबाट […]

डोटी जिल्ला प्रशासनमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती

११ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् । कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुने गरेको सेवाग्राहीहरुको गुनासो रहेको छ । प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ जना कर्मचारी मात्र कार्यरत छन् । कार्यरत कर्मचारीमध्ये पनि केही कारागारमा पठाइएका […]

गड्डाचौकी नाका वर्षदिनसम्म पनि सुनसान

१० चैत, महेन्द्रनगर । गत वर्षको चैतमा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण ठप्प रहेको कञ्चनपुरको गड्डाचौकी नाका अझै सहज हुन सकेको छैन । कोरोना संक्रमण कम भएर मुलुकमा अवस्था सामान्य भइरहेका बेला गड्डाचौकी नाकामा आवागमन केही सहज भए पनि पूर्णरुपमा सञ्चालन आउन सकेको छैन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्ले लकडाउनको […]

भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु

१० चैत, काठमाडौं । भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु भएको छ । बान्निगढी जयगढ गाउँपालिका-६ दर्ना चन्डालीकी ७ वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान विद्यालय जाँदै गरेको अवस्थामा भीरबाटो भन्ने ठाउँबाट लडेर बालिका गम्भीर घाइते […]

नेम प्लेट राख्ने विषयमा विवाद हुँदा कैलालीमा ओली र नेपाल समूहबीच झडप

२६ फागुन, काठमाडौं । कैलालीमा ओली र नेपाल समूहबीच झडप भएको छ । प्रदेश पार्टी कार्यालयमा प्रदेश इन्चार्जको नेम प्लेट राख्ने विषयमा विवाद हुँदा केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका कार्यकर्ता बीच कुटाकुट भएको हो । पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । […]

नक्कली नोटसहित कञ्चनपुरबाट एकजना पक्राउ

२६ फागुन, काठमाडौं । नक्कली नोटसहित कञ्चनपुरको कृष्णपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका-९ पिपरीयाका २५ वर्षीय सञ्जय रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको साथबाट १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने सामान पनि प्रहरीले बरामद […]