+
Home › Sports › Cricket › अरिफुल इस्लाम

अरिफुल इस्लाम
बंगलादेश, अलराउण्डर

Full Name: अरिफुल इस्लाम
Nationality: बंगलादेश
Position: अलराउण्डर

बङ्गलादेशको उमेर समूहको क्रिकेटबाट पहिचान बनाएका अरिफुलले बङ्गलादेशको १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका छन् ।

उनले बङ्गलादेशको हाइ पर्फमेन्स टोली र ‘ए’ टोलीबाट पनि खेलिसकेका छन् । पछिल्लोपटक उनले टप एन्ड टी-२० क्रिकेटमा नेपाल ए विरुद्ध पनि खेलेका थिए ।

टप इन्ड टी–२० सिरिजमा उनले प्रभावशाली प्रदर्शन गरेका थिए । उनले सात खेलमा दुई अर्धशतकसहित २१९ रन बनाएका थिए ।

३६.५० को औसत र १३८.६० को स्ट्राइक रेटमा खेलेका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा रहेका थिए ।

दायाँ हाते ब्याटर अरिफुलले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) पनि खेलिसकेका छन् । उनले अघिल्लो संस्करणमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए ।

Read Full