+
+

Jhapa Vs Pokhara [LIVE]

LIVE
२०८० मंसिर १६, शनिबार
Jhapa FC
Jhapa FC
Samadar Ochilov(90‌+8)
1 - 1 Full Time
Pokhara Thunders
Pokhara Thunders
Moses Gyabaah Twum(19) Kamal Bahadur Thapa(90)
दशरथ रंगशाला, त्रिपुरेश्वर
लाइभ अपडेट लाइन-अप
Commentry

शनिबार दशरथ रंगशालामा तातिएको माहोलमा अन्तिम समयमा गोल गर्दै झापाले पोखरालाई बराबरीमा रोकेको छ । यो बराबरीसँगै झापाले पहिलो अ‌ंक पाएको छ । उसको दुई खेलबाट १ अंक भयो भने पोखराको ३ खेलबाट ५ अंक भएको छ । पोखराको यो दोस्रो बराबरी हो । यो खेलमा पोखराका प्रशिक्षक नविन न्यौपाने र खेलाडी कमलबहादुर थापाले रातो कार्ड पाएका छन् ।

Full Time
Full Time
90+9'
रातो कार्ड

रातो कार्ड

पोखराका प्रशिक्षक नविन न्यौपानेले रातो कार्ड पाएका छन् । गोल खाएपछि आवेशमा आएका उनले पानीको बोतल झापाको एरियातिर फालेका थिए भने समय सकिएपछि पनि खेलाएको भन्दै रेफ्रीसँग विवाद गरेका थिए ।

90‌+8'
Goal
Jhapa FC - Samadar Ochilov
GOAL !

  • आभास लामिछानेको क्रस पोखराका गोलरक्षकले रोकेका थिए । तर पूर्ण रुपमा क्लियर गर्न सकेनन् । रिबाउन्समा ओचिलोवले गोल गरेका छन् ।

90‌+5'
Commentry

पोखराका किपर गुलियम प्रिसो र झापाका समिरराज थोकर डी बक्समा जुधेका छन् । थोकरको बुटले प्रिसोको टाउकोमा लागेको छ । मेडिकल टिमले मैदान प्रवेश गरेपछि उनी ठिक भएर खेल्न थालेका छन् ।

90+2'
Commentry

पोखराले खेलाडी परिवर्तन गरेको छ । स्टाइकर मोसेसलाई निकालेर पोखराले उनको ठाउँमा डिफेन्डर नरेन्द्र चौधरी मैदान प्रवेश गराएको छ ।

90'
Commentry

६ मिनेटको समय थपिएको छ ।

90'
रातो कार्ड

रातो कार्ड

  • झापाका विशाल बस्नेतलाई फल गरेपछि पोखराका कमलबहादुर थापाले पहेँलो कार्ड पाएका छन् । ओहो ! यो उनको दोस्रो पहेँलो कार्ड भयो त्यसैले याे पहेँलोसँगै रातो कार्ड पाएकाले कमलबहादुरले मैदान छाड्नु पर्‍यो । कमलबहादुर ६७ सञ्जिव विष्टको ठाउँमा मैदान प्रवेश गरेका थिए ।

89'
Commentry

झापाका विशाल बस्नेतलाई फल गरेपछि पोखराका कमलबहादुर थापाले पहेँलो कार्ड पाएका छन् । ओहो, यो उनको दोस्रो पहेँलो कार्ड भयो त्यसैले याे पहेँलोसँगै रातो कार्ड पाएकाले कमलबहादुरले मैदान छाड्नु पर्‍यो । कमलबहादुर ६७ सञ्जिव विष्टको ठाउँमा मैदान प्रवेश गरेका थिए ।

88'
substitute

खेलाडी परिवर्तन

झापाबाट २ खेलाडी परिवर्तन । योगेश गुरुङ उज्वल राई मैदान प्रवेश गरेका छन् । गुरुङ फर्नान्डो टोरेसको ठाउँमा र राई जर्ज पियाज सान्चेजको ठाउँमा मैदान प्रवेश गरका हुन् ।

86'
पहेंलो कार्ड

पहेंलो कार्ड

पोखराका कमलबहादुर थापाले पहेँलो कार्ड पाएका छन् ।

85'
पहेंलो कार्ड

पहेंलो कार्ड

पोखराका मोसेस ग्याबहले पहेँलो कार्ड पाएका छन् ।

84'
Commentry

पोखराका स्टेफन कोजु पाप अनुरले दायाँ साइटबाट क्रश उपलब्ध गराएका थिए । तर त्यहाँ पोखराका खेलाडी पुग्न सकेनन् र बल झापाका डिफेन्डरले क्लियर गरे ।

80'
Commentry

पोखराका मोसेस ग्याबहले डी बक्सबाट गरेको प्रहार झापाका गोल रक्षक स्टेफन कुपिकको हातमा पुग्यो । मोसेसलाई जोय एडडुले राम्रो पास उपलब्ध गराएका थिए ।

79'
substitute

खेलाडी परिवर्तन

झापाका लक्ष्मण रुचालको ठाउँमा प्रशान्त लक्सम मैदान प्रवेश गरेका छन् ।

77'
corner

कर्नर किक

झापाका फर्नान्डो सी टोरेसले प्रहार गरेको कर्नर पोखराका किपरले पञ्च गरेर बचाए ।

71'
Commentry

झापाका जर्ज फेइजी सान्चेजले हानको प्रहार फर्स्ट बार हुँदै बाहिर गएको छ ।

70'
substitute

खेलाडी परिवर्तन

हेडर गर्ने क्रममा टाउको जुधेपछि घाइते भएर मैदान प्रवेश गरे पनि अञ्जन विष्ट शतप्रतिशत फिट देखिएनन् । उनको ठाउँमा समिराज थोकर मैदान प्रवेश गरेका छन् ।

67'
substitute

खेलाडी परिवर्तन

पोखराबाट दुई खेलाडी परिवर्तन सञ्जित विष्टको ठाउँमा कमलबहादुर थापा र एन्जल महर्जनको ठाउँमा जीवन गुरुङ मैदान प्रवेश गरेका छन् ।

64'
Commentry

पोखराका मोसेसले अघि बढाएको बल छिरङ लामाले डी एरियाबाट क्लियर गरिदिएका छन् ।

63'
Commentry

अञ्जन उठेर मैदान प्रवेश गरेका छन् । दर्शकले उठेर ताली बजाउँदै उनको हौसला बढाएका छन् ।

60'
Commentry

अञ्जनको उपचार चलिरहेको छ । रेफ्रीले खेल सुरु गरेका छन् ।

57'
Commentry

  • हेड हान्ने क्रममा अञ्जन र पोखराका पदम भट्टराइको टाउको ठोक्कियो । अञ्जन मैदानमा लड्न पुगे । एम्बुलेन्समा मेडिकल उपकरणसमेत रहेकाले मैदानमै लागिएको थियो । अहिले एम्बुलेन्स बाहिरिएको छ । मेडिकल टिमले मैदान बाहिर ल्याएर चौरमा नै अञ्जनको उपचार गरिरहेका छन् ।

57'
Commentry

प्रदीप लामाको क्रसमा अञ्जन विष्टको राम्रो हेड । तर पोखराका गोलकिपरले बल नियन्त्रणमा लिएका छन् ।

substitute खेलाडी परिवर्तन 54'

52'
पहेंलो कार्ड

पहेंलो कार्ड

पोखराका सन्जिव विष्टले पहेँलो कार्ड पाएका छन् ।

51'
Commentry

पोखराका आयुष घलानले डी बक्स बाहिरबाट दिएको पास मोसेस ग्याबाहले भेट्न सकेनन् । जुन बल सिधै गोलिकिपरको हातमा गयो ।

48'
Commentry

झापाका प्रदीप लामाले २४ यार्डबाट हानेको प्रहार  क्रशबारको केही माथिबाट बाहिरियो ।

Second Half Time
Second Half Kick Off
Commentry

पहिलो खेलमा स्पोर्टिङ्ग इलाम एफसी डी मेचीसँग पराजित भएको झापा एफसीको यो दोस्रो खेल हो । पोखराको भने यो तेस्रो खेल हो । पहिलो खेलमा चितवलाई हराएको पोखराले दोस्रो खेलमा ललितपुर एफसीसँग गोलरहित बराबरी खेलको थियो ।

Half Time
Half Time
45+6'
Commentry

पोखराका स्टेफेनले डी बक्सबाहिर बाया साइटबाट हानेको बल सेकेन्डबारमा लागेर फर्कियो । किपरसमेत अघि बढेको बेला पोस्ट खाली थियो । तर रिबाउन्डल बल झापाका खेलाडीले भेट्टाएर क्लियर गरे ।

45+3'
Commentry

  • पोखराका आयुष घलान बलले लागेर टच लाइन नजिकै घाइते भएका छन् । सुमित श्रेष्ठले हानेको बल रोक्न खोज्दा खेरी उनको पेटमा बलले लागेको थियो । उनी उपचारपछि मैदान प्रवेश गरेका छन् ।

45'
Commentry

पहिलो हाफमा ६ मिनेटको समय थपिएको छ ।

39'
Commentry

पोखराका खेलाडीले ह्याण्ड गरेको भन्दै झापाका अफिसियल र खेलाडीले पेनाल्टी मागेका थिए । तर रेफ्रीले दिएनन् । झापाका मिडफिल्डर लक्ष्मण रुचाललाई रेफ्रीले पहेँलो कार्ड देखाए ।

19'
Goal
Pokhara Thunders - Moses Gyabaah Twum
GOAL !

पोखरा थन्डर्सले अग्रता लिएको छ। मोसेस ग्याबहले गोल गर्दै पोखरालाई अग्रता दिलाएका हुन् । जोय एइडुले डी बक्सभन्दा धेरै बाहिरबाट दिएको पास मोसेले १२ यार्डबाट हेडर गरेका थिए । जसलाई झापाका गोलकिपर स्टेफनले रोक्न सकेनन् । स्टेफनको दायाँ साइटमा पोल नजिकैबाट बलले जाली चुम्यो ।

Kick Off
Kick Start
Commentry

नेपाल सुपर लिग एनएसल फुटबलमा झापा एफसी र पोखरा थन्डर्सबीचको खेलमा तपाईँलाई स्वागत छ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० मंसिर ८, शुक्रबार
KFC
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
CFC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan