+
+

Dhangadhi Vs Lalitpur

२०८० मंसिर १६, शनिबार
Dhangadhi F.C.
Dhangadhi F.C.
0 - 0 Full Time
Lalitpur City F.C.
Lalitpur City F.C.
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry

एनएसएलमा तेस्रो खेलसम्म धनगढी र ललितपुर अपराजित यात्रा कायम राख्न सफल भएका छन् । धनगढीको यो पहिलो बराबरी हो भने ललितपुरको दोस्रो बराबरी । यो खेल सकिँदासम्म शीर्ष स्थानमा रहेको धनगढीको ७ अंक भएको छ भने ललितपुरको ५ अंक । पोखरा थन्डर्सको पनि ३ खेलबाट ५ अंक नै छ ।

Full Time
Full Time
90+3'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका रन्दिप पौडेलले पहेँलो कार्ड पाएका छन् । उनले ललितपुरका रोसन पहारीलाई फल गरेका थिए ।

90‌+1'
substitute

खेलाडी परिवर्तन

धनगढीका साइमन लिम्बुको स्थानमा अविशेक गुरुङ, आशिष चौधरीको ठाउँमा मिलन राई मैदान प्रवेश गरेका छन् ।

90'
Commentry

५ मिनेटको समय थप गरिएको छ ।

89'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीको आशिष चौधरीले पहेँलो कार्ड पाएका छन् ।

88'
Commentry

ललितपुरका सेसेहाङ आङदम्बेले दायाँ साइटबाट दिएको क्रश इमोन इजेकेइलले हेड गरेका थिए । तर गोल हुन सकेन ।

85'
corner

कर्नर किक

धनगढीका डिगाने फलाउले हानेको बल किपरले पञ्च गरेर बारमाथि बाहिर पठाएपछि कर्नर भएको थियो । कर्नर कमल श्रेष्ठले प्रहार गरे । तर बल क्लिय भयो ।

83'
corner

कर्नर किक

उडेर आएको बल धनगढीका किपरले समाउने क्रममा लाइनबाट बाहिर गयो । तर बल उनकै नियन्त्रणमा थियो । रेफ्रीले कर्नर दिए । त्यो कर्नर निखिल कदमले प्रहार गरेका थिए । धनगढीका साइमन लिम्बुले हेड गरेर क्लियर गरे ।

77'
Commentry

धनगढीका किपर मोहमद ताहा बल समाउने क्रममा घाइते भएका छन्  । फिजियोले मैदानमै गएर उपचार गरेपछि उनी ठिक देखिएका छन्  र उनले नै बल चलाएर खेल सुरु गरेका छन् ।

75'
Commentry

धनगढीका फोडे फोफानाले दाहिने साइटबाट दिएको क्रश ६ यार्ड बक्सबाहिरबाट अहमद हिजाजीले हेड गरेका थिए । तर त्यो बल फर्स्ट बार हुँदै बाहिर गयो ।

73'
पहेंलो कार्ड

पहेंलो कार्ड

ललितपुरका डिफेन्डर ओमोलाजा करिमले पहेँलो कार्ड पाएका छन् ।

71'
Commentry

ललितपुरका अनिल महर्जनले हानेको फ्रिकिक डी एरियामा धनगढीका खेलाडीले हेड गरेर क्लियर गरे ।

67'
substitute

खेलाडी परिवर्तन

धनगढीका अफिज ओलावालेको ठाउँमा फोडे फोफाना मैदान प्रवेश गरेका छन्  ।

65'
offside

अफ साइड

  • ललितपुरका दिनेश हेम्जनले डी बक्सबाहिरबाट प्रहार गरेको बल धनगढीका किपरले पञ्च गरे । त्यो बल इमोन इजिकेलले प्रहार गरेर जाली चुमाए । तर यसअघि नै एसिस्टेन्ट रेफ्रीले अफसाइडको झण्डा उठाइसकेका थिए । झण्डा उठाएको देखेपछि इमोनको सेलिब्रेसन रोकियो ।

59'
Commentry

धनगढीका आशिष चौधरीले बायाँ साइटबाट बल अघि बढाएर डी बक्समा पुर्‍याए । तर उनले त्यो बल प्रहार नगरी अझै अघि बढाउँदै  ललितपुरका एक जना डिफेन्डरलाई बिट पनि गरे । तर अगाडी दुई जना डिफेन्डरलाई बिट गर्ने प्रयासमा बल उनले प्रहार गर्न पाएनन् र पास दिए । तर त्यो बल ललितपुरका खेलाडीको खुट्टामा पुग्यो  ।

56'
फ्री किक

फ्री किक

धनगढीका कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिक किपरले पञ्च गरे । रिबाउन्डमा साइमल लिम्बुले हानेका थिए तर त्यसलाई ललितपुरका डिफेन्डरले रोके ।

55'
Commentry

ललितपुरबाट २ खेलाडी परिवर्तन । बिवेक पौडेलको ठाउँमा अनिल महर्जन र निरज चौधरीको ठाउँमा पापा ओबियु केबे मैदान प्रवेश गरेका छन् ।

52'
फ्री किक

फ्री किक

ललितपुरलाई फ्रिकिक । रन्दिप पौडेलले दिनेश हेमजलाई फल गरेपछि पाएको फ्रिकिक निखिल कदमले प्रहार गरेका थिए । तर त्यो प्रहार किपरले पञ्च गरेर जोगाए ।

51'
Commentry

धनगढीका रिचर्ड ओसइले हानेको प्रहार ललितपुरका किपरले बचाए ।

50'
Commentry

धनगढीका रन्दिप पौडेलले दायाँ साइबाट राम्रो पास डी एरियामा फालेका थिए । जुन बल धनगढीका मोहमद हिजाजीले ६ यार्ड बक्समा भेट्टाएर प्रहार गरे । तर त्यो बल ललितपुरका किपर डाइभ गर्ने क्रममा उनको खुट्टामा लाग्यो र गोल हुन सकेन ।

47'
Commentry

रोहन कार्कीले डी एरियाबाहिर दायाँबाट दिएको पास मोहमद हिजाजीले बायाँ साइटबाट हेड गरेका थिए । त्यो बल ललितपुरका किपर जेफ्री विल्ली मार्सलले बचाए ।

'
substitute

खेलाडी परिवर्तन

दोस्रो हाफमा धनगढीले खेलाडी परिवर्तन गरेको छ । धनगढीका रामचन्द्र वाजीको ठाउँमा रोहन कार्की मैदान प्रवेश गरेका छन् ।

Second Half Time
Second Half Kick Off
Commentry

लाखेको प्रस्तुतिपछि अब चियर लिडरको नृत्य सुरु भएको छ । मैदानमा वार्म अप गर्न गएका खेलाडी बेञ्चमा फर्केका छन् भने प्लेइङ ११ का खेलाडी मैदान प्रवेश गर्ने तयारीमा छन् ।

Commentry

ललितपुरको खेलको दिन रंगशालामा धिमे बाजा र लाखे छुट्ने गरेको छैन ।  हाफ टाइमममा यसअघि चियर लिडर नाच्ने ठाउँमा धिमे बाजाका साथमा आज लाखे नाच भइरहेको छ ।

Commentry

  • शनिबार, अनि साँझको खेल : ललितपुर सिटी र धनगढी एफसीको खेल हेर्न दशरथ रंगशालामा उपस्थित दर्शक । ललितपुरका समर्थकहरु धिमे बाजा र लाखेसहित पुगेका छन् । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

Half Time
Half Time
45+4'
Commentry

धनगढी कमल श्रेष्ठले बल अघि बढाइरहेका निखिल कदमलाई फल गरेपछि ललितपुरले फ्रिकिक पाएको छ । त्यो फ्रिकिक निखिलले प्रहार गरे । तर गोलकिपरले अघि बढेर त्यो बल क्लियर गरे ।

45'
Commentry

२ मिनेट समय थपिएको छ ।

36'
पहेंलो कार्ड

पहेंलो कार्ड

धनगढीका फरवार्ड अहमद हिजाजीले पहेँलो कार्ड पाएका छन् ।

34'
Commentry

ललितपुरका निखिल कदमको प्रहार माथिल्लो बारमा लागेर तल भुईँमा झरे पनि त्यो बल किपरको ढाडमा लागेर गोल लाइन क्रश हुन पाएन । डीभन्दा धेरै बाहिरबाट अनन्त तामाङले पास दिएका थिए । जसमा निखिलले राम्रो प्रयास गरेका पनि हुन् तर ललितपुरको ब्याड लक

substitute खेलाडी परिवर्तन 30'

Commentry

25'
corner

कर्नर किक

ललितपुरका निखिल कदमले प्रहार गरेको कर्नर धनगढीले डिफेन्स गरेको छ ।

19'
Commentry

ललितपुरका निखिल कदमले सेन्टरबाट अघि बढाएको बल डी बक्स बाहिरबाट ओमोलाजा करिमलाई पास दिएका थिए । तर करिमले  दायाँ साइटबाट बल अघि बढाउँदा धनगढीका डिफेन्डरलाई बिट गरेन सकेनने । धनगढीले बल क्लियर गरेको छ ।

14'
corner

कर्नर किक

धनगढीले पाएको कर्नर कमल श्रेष्ठले प्रहार गरेका थिए । तर त्यो प्रहार ललितपुरका खेलाडीले क्लियर गरे ।

11'
फ्री किक

फ्री किक

धनगढीका रिचर्ड ओसेइले इमोन इजकेललाई फल गरेपछि ललितपुरले डी बक्स नजिकैबाट फ्रिकिक पाएको छ । यो फ्रिकिक ओमोलाजा करिमले प्रहार गरे । त्यसलाई धनगढीका किपर मोहमद ताहाले पञ्च गरे । बल निक्कै आकाशियर डी बक्स बाहिर आयो ।

7'
corner

कर्नर किक

यो खेलको पहिलो कर्नर धनगढीलाई । कमल श्रेष्ठले हानेको कर्नर ललितपुरका डिफेन्डरले क्लियर गरे ।

Commentry

3'
फ्री किक

फ्री किक

आशिष लडेको ठाउँबाट धनगढीलाई रेफ्रीले फ्रिकिक दिएका छन् । कमल श्रेष्ठले हानेको फ्रिकिक ललितपुरका किपरले पञ्च गरेर क्लियर गरे ।

1'
Commentry

खेलको पहिलो मिनेटमा नै धनगढीका आशिष चौधरी घाइते भएका छन् । बल अघि बढाइरहेका उनी डी बक्सबाहिर शेसेहाङ आङदाम्बेले बल रोक्न खोज्दा उनी डी बक्स बाहिर लडेका हुन् ।

Kick Off
Kick Start
Commentry

  • ललितपुर सिटी एफसी रातो र कालो मिश्रित जर्सीमा मैदान प्रवेश गरेको छ ।

Commentry

  • धनगढी एफसीका खेलाडी पहेँलो जर्सीमा मैदान प्रवेश गरेका छन् ।

Commentry

खेलका लागि दुवै टिम मैदान प्रवेश गर्ने तयारीमा छन् ।

Commentry

दशरथ रंगशालामा आजै भएको नाटकीय खेलमा पोखरा थन्डर्स र झापा एफसीले १-१ को बराबरी खेलेका थिए । पोखरा थन्डर्स र झापा एफसीबीचको खेलको समाचार  पोखरा थन्डर्स र झापा एफसीबीचको खेलको लाइभ अपडेट

Commentry

ललितपुर सिटी जारी सिजनमा अपराजित छ । पहिलो खेलमा बुटवल लुम्बिनीलाई हराएको ललितपुरले दोस्रो खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो ।

Commentry

धनगढी र ललितपुर दुवै टिमको यो आफ्नो तेस्रो खेल हो । धनगढीले जारी सिजनमा आफ्ना दुवै खेल जितेको छ । पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ ले हराएको धनगढीले दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० ले हराएको थियो । के धनगढीले आफ्नो जितको यात्रालाई कायम राख्ला त ?

Commentry

नमस्कार । नेपाल सुपर लिग एनएसलको म्याच नम्बर ११ । धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेलको लाइभ अपडेटमा तपाईँलाई स्वागत छ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० मंसिर ८, शुक्रबार
KFC
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
CFC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan