+
+

Pokhara Vs Dhangadhi

२०८० पुष ६, शुक्रबार
Pokhara Thunders
Pokhara Thunders
Moses Gyabaah Twum(90)
1 - 1 Full Time
Dhangadhi F.C.
Dhangadhi F.C.
Milan Rai(42)
Dashrath rangasala
लाइभ अपडेट लाइन-अप
Commentry
धनगढीले अग्रता जोगाउन नसक्दा पोखरासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । पहिलो हाफमा धनगढीले अग्रता लिएको थियो । जित नजिक पुगेको अवस्थामा पोखराका लागि वैकल्पिक खेलाडी मोसेस ग्याबाहले ९० मिनेटमा गोल गर्दै खेल बराबरी गरे । बराबरीपछि पोखरा ८ खेलबाट १५ अंक जोडेर लिगमा पहिलो भयो र पहिलो क्वालिफायर खेल्नेछ । उता बराबरीले धनगढीलाई घाटा भएको छ । ८ खेलबाट १३ अंक जोडेको धनगढी दोस्रोमै छ । तर बाँकी खेलको नतिजापछि धनगढीको पोजिसन क्लियर हुनेछ । शीर्ष दुई रहन नसके धनगढीले एलिमिनेटर खेल्नुपर्नेछ ।
Full Time
Full Time
90+8'
फ्री किक

फ्री किक

धनगढीलाई फ्रिकिक । कप्तान देवेन्द्र तामाङले हानेको फ्रिकिक क्रस बार भन्दा थोरै माथिबाट बाहिरियो ।

90+7'
फ्री किक

फ्री किक

पोखरालाई फ्रिकिक ।

90+6'
Commentry

धनगढीका आशिष चौधरीले बायाँ भागबाट दिएको लामो क्रसमा ओलावाले आफिजले बक्सबाट गरेको हेडरले पोष्टको दिशा लिन सकेन ।

90'
Commentry

खेलको अन्त्यमा ८ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

90'
Goal
Pokhara Thunders - Moses Gyabaah Twum
GOAL !

goal!! पोखराले बराबरी गोल फर्काएको छ । सुरज ज्यु ठकुरीको फ्रिकिकमा मोसेस ग्याबाहले गोल गरेका हुन् ।

90'
फ्री किक

फ्री किक

पोखरालाई फ्रिकिक ।

87'
substitute

खेलाडी परिवर्तन

धनगढीले खेलाडी परिवर्तन गरेको छ । मिलन राईको स्थानमा निशाल लिम्बु मैदान प्रवेश गरेका छन् ।

87'
substitute

खेलाडी परिवर्तन

पोखराले खेलाडी परिवर्तन गरेको छ । सन्जिव विष्टको स्थानमा विपिन कँडेल मैदान प्रवेश गरेका छन् ।

85'
Commentry

पोखराका स्टेफेन एनोर पनि ठिक भएर मैदान प्रवेश गरेका छन् ।

83'
Commentry

स्टेफेन एनोरका लागि मैदानमा स्ट्रेचर ल्याइएको थियो र तर उनी आफै मैदान बाहिर आएका छन् । मनोज राई भने ट्रिटमेन्टपछि मैदान बाहिर आएर मैदान भित्र प्रवेश गरिसकेका छन् ।

81'
Commentry

पोखराका स्टेफेन कोजो एनोर र धनगढीका मनोज राई बल लिन जुध्ने क्रममा मैदान लडेका छन्  ।दुवै केही समस्यामा देखिएका छन् ।

80'
corner

कर्नर किक

धनगढीलाई कर्नर । मिलन राईको पासमा अभिषेक गुरुङले पोखराका गोलकिपर देव लिम्बुसँग वान भर्सेस वानको अवस्थामा हानेको प्रहार गोल हुन सकेन । बल बाहिर गएपछि धनगढीले कर्नर पाएको हो ।

78'
Commentry

oh!! धनगढीका अभिषेक गुरुङले बक्समा दिएको पामा ओलावाले आफिजले हानेको वान टच प्रहार बार माथिबाट बाहिर गयो ।

76'
Commentry

धनगढीका अभिषेक गुरुङले हानेको लङ सट पोष्ट भन्दा बाहिर गयो ।

70'
substitute

खेलाडी परिवर्तन

पोखराले गोलकिपरसहित दुई खेलाडी परिवर्तन गरेको छ । गोलकिपर प्रिसोको स्थानमा देव लिम्बु मैदान प्रवेश गरेका छन् भने दिपेश आले मगरको स्थानमा मोसेस ग्याबाह मैदान प्रवेश गरेका छन् ।

69'
substitute

खेलाडी परिवर्तन

धनगढीले खेलाडी परिवर्तन गरेको छ । रिचर्डको स्थानमा हेमन्त श्रेष्ठ मैदान प्रवेश गरेका छन् ।

64'
substitute

खेलाडी परिवर्तन

धनगढीले दुई खेलाडी परिवर्तन गरेको छ ।  साइमन लिम्बुको स्थानमा रोहन कार्की तथा अहमद हिजाजीको स्थानमा फोडे फोफाना मैदान प्रवेश गरेका छन् ।

Commentry

62'
फ्री किक

फ्री किक

पोखरालाई फ्रिकिक । सुरज ज्यु ठकुरीले दायाँ साइडमा हानेको प्रहार धनगढीका किपर ताहाले पन्च गर्दै खतरा टारे । बल बाहिर गएपछि पोखराले कर्नर पाएको छ ।

61'
substitute

खेलाडी परिवर्तन

पोखराले दुई खेलाडी परिवर्तन गरेको छ । पदम कुमार तामाङको स्थानमा आयुश घलान तथा  कमल बहादुर थापाको स्थानमा सुनिल घलान मैदान प्रवेश गरेका छन् ।

55'
corner

कर्नर किक

पोखरालाई कर्नर । सुरज ज्यु ठकुरीले हानेको कर्नरमा सन्जिव विष्टले बक्सबाट हेड गरेका थिए । तर बल पोष्ट भन्दा माथिबाट बाहिरियो ।

52'
Commentry

धनगढीका ओलावाले आफिजले पोखराका खेलाडीसँग बल खोज्दै अगाडि बढाएर पेनाल्टी बक्सको एजबाट प्रहार गरेको बल क्रस बारेको थोरैमाथिबाट बाहिरियो ।

48'
Commentry

धनगढीका रिचर्डले बल अगाडि बढाउँदै बक्स बाहिरबाट प्रहार गरेको बल पोखराका किपर प्रिसोले सहजै बचाए । बल बचाउने क्रममा लडेका उनि केही समस्यामा देखिएका छन्  ।मेडिकल टिमले मैदानमै ट्रिटमेन्ट गर्दैछ । प्रिसो खेल्न तयार भइसकेका छन् ।

47'
फ्री किक

फ्री किक

पोखरालाई फ्रिकिक । सुरज ज्यु ठकुरीले हानेको प्रहार सिधै  धनगढीका किपर मोहमद ताहाको हातमा उनलाई कुनै कठिन भएन ।

46'
substitute

खेलाडी परिवर्तन

धनगढीले खेलाडी परिवर्तन गरेको छ । कमल श्रेष्ठको स्थानमा मनोज राई मैदान प्रवेश गरेका छन् ।

Second Half Time
Second Half Kick Off
Commentry
मिलन राईको गोलमा धनगढीले  पोखरा थण्डर्स विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । यही अग्रता अन्त्यसम्म कायम राखे पोखरालाई पछि पार्दै धनगढी शीर्ष स्थानमा उक्लेनछ । के पोखराले दोस्रो हाफमा गोल पर्काउला त?
Half Time
Half Time
45+1'
Commentry

oh!! पोखराले बराबरी गर्ने अवसर गुमाएको छ । स्टेफन कोजो अनोरले दायाँ साइडबाट हानेको प्रहार डिफ्लेक्ट हुँदै पोष्टतिर गएको थियोफ । धनगढीका किपर ताहाले पन्च गरेका थिए । तर उनले पूर्ण रुपमा क्लियर गर्न नसकेपछि रिबाउन्डमा कमल थापाले हानेको प्रहार धनगढीका किपर ताहाले लडिसकेको अवस्थामा डाइभ गर्दै बचाए । त्यसपछि कमल श्रेष्ठलवे बल क्लियर गरे ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

42'
Goal
Dhangadhi F.C. - Milan Rai
GOAL !

  • Goal!! मिलन राईले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । पोखराका कप्तान फ्रांकलिन कुएटे टालाले आफ्नै बक्समा टिममेटलाई ब्याक पास दिएका थिए । तर बल उनको टिममेटसम्म पुग्नुअघि नै धनगढीका ओलावाले आफिजले भेटे । ओलावाले पोखराका नरेन्द्र चौधरीलाई बिट गर्दै दायाँ भागमा बल क्रस गरेका थिए । पोखराका किपर प्रिसो पनि बिट भइसकेका थिए । क्रस लिन अहमद हिजाजी र मिलन राई दौडेका थिए । मिलनले बल भेटे र वाच टचमै गोल गरे ।

41'
फ्री किक

फ्री किक

पोखरालाई फ्रिकिक । सुरज ज्यु ठकुरीले हानेको फ्रिकिक सेकेण्ड बार छेउबाट बाहिर गयो ।

32'
Commentry

धनगढीका मिलन राईले दायाँ भागबाट सिधै बक्समा बल हानेका थिए । अहमद हिजाजीले हेडर फितलो रह्यो । पोखराका किपर प्रिसोले सजिलै बल समाते ।

31'
Commentry

oh!!1 धनगढीका कप्तान देवेन्द्र तामाङले किपर मोहमद ताहाका लागि ब्याक पास दिएका थिए । पोखराका सन्जिव विष्टका लागि अवसर थियो । तर उनले बललाई पोष्टको दिशा दिन सकेनन् । ताहाले अगाडि बढेर बल क्लियर गरे ।

30'
Commentry

धनगढीका अभिषेक गुरुङले दायाँ साइडबाट हानेको प्रहार सिधै पोखराका किपर प्रिसोको हातमा ।

Commentry

26'
corner

कर्नर किक

धनगढीले कर्नर पाएको छ । धनगढीका ओलावाले आफिजले हानेको बल पोखराका सुरज ज्यु ठकुरीले रोक्ने क्रममा बाहिर गएपछि धनगढीले कर्नर पाएको हो । मिलन राईले हानेको कर्नर सिधै पोखराका किपर प्रिसोको हातमा । कुनले सहजै बल क्याच गरे ।

22'
Commentry

पोखराका सुरज ज्यु ठकुरीको पासमा सन्जिव विष्टले बक्समा राम्रो अवसर पाएका थिए । तर उनको प्रहार धनगढीका गोलकिपर ताहाले अघि बढेर बचाए ।

20'
फ्री किक

फ्री किक

धनगढीले फ्रिकिक पाएको छ । कप्तान देवेन्द्र तामाङले मध्यभाग नजिकबाट हानेको प्रहार पोखराका खेलाडीले क्लियर गरे । ओलावालेले हेड गर्ने प्रयास गरेपनि पोखराका कुएटे टालाले क्लियर गरे ।

16'
Commentry

पोखराका फ्रांकलिन कुएटे टालाले उपलबध गराएको लामो पास सन्जवि विष्टले धनगढीको बक्सबाट वान टच प्रहार गर्न खोजेका थिए । तर उनको प्रहार फितलो हुँदा धनगढीका किपर मोहम्मद ताहाले बचाए ।

10'
Commentry

पोखराका पदम कुमार तामाङले हानेको लामो प्रहार सेकेण्ड बार छेउबाट बाहिर गयो ।

7'
फ्री किक

फ्री किक

धनगढीलाई फ्रिकिक । कप्तान देवेन्द्र तामाङले हानेको प्रहार पोखराका किपर प्रिसोले पन्च गर्दै बचाए ।

4'
corner

कर्नर किक

धनगढीका  अभिषेक गुरुङले हानेको प्रहार पोखराका किपर प्रिसोले पूर्ण रुपमा क्लियर गर्न नसकेपछि धनगढीका रिचर्डले बक्सबाट हानेको प्रहार पोखराका खेलाडीले क्लियर गरे ।

3'
corner

कर्नर किक

धनगढीका डियाग्ने फालोउले करिब ३० यार्डबाट भलि प्रहार गरेका थिए । पोखराका किपर प्रिसोले पन्च गर्दै बाहिर फालेपछि धनगढीले कर्नर पाएको छ ।

Kick Off
Kick Start
Commentry
धनगढीले पनि पहिलो रोजाईँमा परिवर्तन गरेको छ । विदेशी खेलाडीमा फोडे फोफाना आज बेन्चमा छन् । यस्तै रोहन कार्की र रणदिप पौडेल पनि बेन्चमा छन् भने साइमन लिम्बु, मिलन राई पहिलो रोजाईँमा खेल्दैछन् ।
Commentry
प्लेअफमा स्थान पक्का गरिसकेको पोखराले नयाँ  खेलाडीलाई पहिलो रोजाईँमा अवसर दिएको छ ।  आज कप्तान दिनेश राजवंशी. मार्की आयुश घलान चार गोल गरिसकेका मोसेस ग्याबाह बेन्चमा छन् । फ्रांकलिन कुएटे टालाले टिमको कप्तानी गर्दैछन् भने नरेन्द्र चौधरी, पदम कुमार तामाङ र कमल बहादुर थापाले पहिलो रोजाईँमा खेल्दैछन् ।
Commentry
  • पोखरा निलो जर्सी लगाएर खेल्दैछ ।
Commentry
  • धनगढी एफसी आज पहेँलो जर्सी लगाएर खेल्दैछ ।
Commentry
पोखरा र धनगढी दुवै प्लेअफमा पुगिसकेका छन् । आजको खेलबाट लिगमा शीर्ष स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ । पोखरा ७ खेलबाट १४ अंकसहित शीर्ष स्थानमा छ । धनगढीको १२ अंकसहित दोस्रो स्थानमा छ । पोखरा जित वा बराबरीले पनि लिगको शीर्ष स्थानमै रहनेछ । धनगढी विजयी भएमा भने धनगढी लिगको शीर्ष स्थानमा पुग्नेछ र यस्तो भएमा धनगढी र पोखराबीच पहिलो क्वालिफायर हुनेछ ।
Commentry
नमस्कार स्वागत छ । नेपाल सुपर लिग २०२३ मा आज डबल हेडर डे । लिगको ३३औं खेलमा आज धनगढी एफसी र पोखरा थण्डर्सबीच खेल हुँदैछ । हामी खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० मंसिर ८, शुक्रबार
KFC
1 - 0
२०८० मंसिर ९, शनिबार
1 - 0
CFC
LFC
2 - 0
२०८० मंसिर १०, आइतबार
1 - 2
DFC
२०८० मंसिर ११, सोमबार
JFC
0 - 1

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan