Comments Add Comment

आम निर्वाचन

List Grid
ओखलढुंगा प्रदेश ‘क’ मा वाम गठबन्धनका अम्बिरबाबु गुरुङ विजयी

२२ मंसिर, ओखलढुंगा । ओखलढुंगाको प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मदवार अम्बिरबाबु गुरुङ विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाए । गुरुङले लोकतान्त्रिक गठबन्धनका दाहाललाई ७ हजार दुई […]

काठमाडौं ४ मा कडा टक्कर, कहिले गगन कहिले राजन अघि

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवारबीच कडा टक्कर भइरहेको छ । हरेक घण्टा नयाँ अपडेट आउँदा कहिले कांग्रेस उम्मेदवार गगन थापा अघि त केही एमाले उम्मेदवार राजन भट्टराईले अग्रता कायम गरिरहेका छन् । पहिलो अपडेट सार्वजनिक हुँदा राजन अघि थिए भने दोस्रो अपडेटमा गगन अघि आए । तेस्रो […]

काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना अझै सुरु भएन

२२ मंसिर, काठमाडौ । मुचुल्काभन्दा बढी मत खसेपछि रोकिएको काठमाडौं क्षेत्र नं. ५ को मतगणना अझै सुरु हुन सकेको छैन । मुचुल्काभन्दा १२ मत बढी भेटिएपछि दिउँसो करिब साढे ३ बजेदेखि मतगणना रोकिएको थियो । मुचुल्का अनुसार क्षेत्र नम्बर ५, बुढानिलकण्ठस्थित विष्णुपादुका (क) र बुढानिलकण्ठ सतल (क) को १ हजार १ सय ८५ मत मुचुल्का […]

झापा ५ मा केपी ओलीलाई अग्रता, पछ्याउँदै पूर्वप्राध्यापक

२२ मंसिर, झापा । झापा क्षेत्र नं. ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । यो क्षेत्रमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्राध्यापक डा. खगेन्द्र अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ । प्राप्त पछिल्लो मत परिणाम अनुसार ओलीले अग्रता कायम गरेका छन् । ओलीले १ हजार ९ सय ७९ मत ल्याउँदा कांग्रेस उम्मेदवार […]

काठमाडौं ९ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, कृष्णगोपाललाई अग्रता

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले १ हजार ७ सय ६५ मत ल्याउँदा कांग्रेस उम्मेदवार ध्यान गोविन्द रञ्जितले ९ सय ३५ मत प्राप्त गरेका छन् । विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले […]

काठमाडौं २ मा माधवकुमार नेपालको अग्रता

२२ मंसिर, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपालले सुरुवाती अग्रता कायम गरेका छन् । नेपालले १ हजार ३४ मत ल्याउँदा कांग्रेस उम्मेदवार दिपक कुइँकेलले ४ सय ६७ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझा पार्टीका उम्मेदवार डा. सूर्यराज […]

काठमाडौं ४ मा राजनलाई अग्रता, गगन पछ्याउँदै

२२ मंसिर, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् । राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले […]

गोरखाका निर्वाचन अधिकृतः मातृवियोग भुलेर मतगणनामा

२२ मंसिर, गोरखा । पहिलो चरणअन्तरगत निर्वाचन सम्पन्न भएको गोरखामा दोस्रो चरणको निर्वाचन सकिनेवित्तिकै मतगणना गर्ने तयारी थियो । बिहीबार साँझ गणना थाल्नका लागि प्रारम्भिक व्यवस्था मिलाउँदै थिए, प्रमुख निर्वाचन अधिकृत वसन्तराज पौडेलले । गणनाको तयारीमा उनी निकै व्यस्त देखिन्थे । गोरखा सदरमुकामस्थित जिल्ला समन्वय समिति र महिला तथा बालबालिका कार्यालयको भवनमा मत गणना गर्ने […]

रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ

२२ मंसिर, रुपन्देही । रुपन्देहीमा अझैसम्म पनि मतगणना शुरु हुन सकेको छैन । बिहीबार भएको सहमति अनुसार आज बिहान ८ बजेदेखि गणना सुरु हुनुपर्ने हो । तर, निर्वाचन क्षेत्र नं. ४ र ५ को सर्वदलीय बैठक बस्न नसक्दा मतगणनामा ढिलाइ भएको हो । निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को मतगणना गर्न सहमति जुटिसकेको […]

जाजरकोटमा मतगणना सुरु, दुर्इ स्थानमा गणना हुँदै

२१ मंसिर, जाजरकोट । एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मत गणना सुरु भएको हो । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा  सदस्य दुवै तर्फको मत गणना दुर्इ ठाउँमा सुरू गरिएको हो ।  प्रदेश (क) अन्तर्गतको त्रिवेणी नलगाड नगरपालिका र (ख) अन्तर्गतको जुनीचाँदे गाउँपालिकाबाट मतगणना सुरु भएको छ । जाजरकोटमा […]

भोजपुर र सिन्धुपाल्चोकमा मतगणना सुरु

२१ मंसिर, भोजपुर । पहिलो चरण अन्तरगत प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको भोजपरमा जिल्लामा बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ । भोजपुर सदरमुकामस्थित जिल्ला अदालतको ३ वटा कोठामा मतगणना सुरु भएको हो । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणना गरिने कोठा तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ […]

काठमाडौंमै डेढ घण्टा हिँडेर मतदान केन्द्र पुगे मतदाता

२१ मंसिर, काठमाडौँ । पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यो आश्चर्य होइन, यथार्थ हो । भक्तपुरको लोकन्थली घर भएकी अंशु ढुंगेल डेढ घण्टा हिँडेर काठमाडौँको मध्य भाग पुरानो बानेश्वरस्थित रत्नराज्य उच्च […]

प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल

२१ मंसिर, दाङ । नेकपा एमालेका नेता शंकर पोखरेलले प्रदेश नम्बर पाँचको मुख्यमन्त्रीमा आफ्नो विकल्प नभएको बताएका छन् । दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री बनाउने औपचारिकता पूरा गर्न मात्र बाँकी रहेको बताए । दाङको घोराहीमा अनलाइनखबरसँग कुरा गर्दै नेता पोखरेलले भने, ‘प्रचण्डको प्रस्ताव र पार्टी अध्यक्ष केपी शर्मा ओलीको […]

‘बिप्लवले राखेको बम’ बाँदरले खोसेपछि केहीबेर बबाल !

२० मंसिर, काठमाडौं । मंगलबार बिहान धरानमा शंकास्पद वस्तु भेटिएपछि स्थानीयले तुरुन्त प्रशासनलाई खबर गरे । लगत्तै नेपाली सेना र प्रहरीको संयुक्त टोली त्यहाँ पुग्यो । र, डिस्पोज गर्ने तयारी सुरु भयो । स्थानीय त्रसित थिए । त्यसैबीच एउटा बाँदर त्यहाँ टुप्लुक्क आइपुग्यो । र, शंकास्पद वस्तुलाई टिपेर दौडियो । सुरक्षाकर्मी र स्थानीयवासी आश्चर्य चकित […]

निर्वाचन सुरक्षाका लागि सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म

२० मंसिर, काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सबै सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिएको छ । प्रहरीका अनुसार पहिलो चरणमा मतदान सम्पन्न भएका जिल्लाहरुमा मतपेटिका सुरक्षा र बिहीबार हुने दोस्रो चरणको निर्वाचनका लागि ९० प्रतिशत जनशक्ति परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेराना सशस्त्र प्रहरी […]

बुधबार राति १२ बजेदेखि सवारी निषेध

२० मंसिर, काठमाडौं । दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने जिल्लामा बुधबार राति १२ बजेदेखि सवारीसाधन निषेध गरिने भएको छ । गृह मन्त्रालयका अनुसार मतदानको अघिल्लो दिन २० गते राति १२ बजेदेखि बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिएको हो । गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मतदानका दिन सुरक्षा निकाय, निर्वाचन प्रायोजनका […]

यसरी हुँदैछ उपत्यकामा चुनावी तयारी, काठमाडौंको मतगणना ५ ठाउँमा हुने

२० मंसिर, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावको सबै तयारी पूरा भएको जनाएको छ । बिहीबार ४५ जिल्लामा दोस्रो चरणको चुनाव हुँदैछ । ती जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामाग्रीसहित खटिइसकेका छन् । दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा १५ हजार ३ सय ४४ मतदान केन्द्र तोकिएको छ […]

मतदाता परिचयपत्र नभए नागरिकता वा लाइसेन्सको आधारमा मतदान गर्न पाइने

२० मंसिर, काठमाडौं । बिहीबार हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने भएका छन् । तर, मतदाता नामावलीमा नाम भने हुनु पर्नेछ । निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न […]

निर्वाचनलाई लक्षित गरी चितवनमा ५ हजार सुरक्षाकर्मी परिचालित

१९ मंसिर, चितवन । निर्वाचनलाई लक्षित गरेर चितवनमा करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । निर्वाचनलाई लक्षित गर्दै ३ हजार २ सय ९६ जनपथ प्रहरी र १ हजार ७ सय १० म्यादी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको हो । एउटा मतदानस्थलमा कम्तिमा १२ देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार […]

मतपेटिकाको पहरेदारीः चिसो रात, टेण्टको बसाइ !

१९ मंसिर, सिन्धुपाल्चोक । चिसो रात, टेण्टको बसाइ ! जिल्ला कृषि विकास कार्यालय परिसरमा मतपेटिका कुर्न बसेका दलका प्रतिनिधिहरुलाई रात कटाउन सकस परिरहेको छ । तर पनि उनीहरु पहरेदारी गरिरहेका छन् । मंसिर १० मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिका जिल्ला कृषि विकास कार्यालयको नवनिर्मित भवनमा भण्डारण गरिएको छ । मतपेटिका सुरक्षा निकायका तीन […]

मतदाता परिचय पत्र वितरण शुरु

१९ मंसिर, काठमाडौं । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण आजबाट सुरु भएको छ । मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको छ । निर्वाचन आयोगका अनुसार मंगलबार र बुधबार मतदाता परिचय पत्र वितरणको कार्यक्रम छ । आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने […]