
४ भदौ, काठमाडौं। कम्बोडियाका राजा नोरोदोम सिहामोनीले गत महिना सम्पन्न आम निर्वाचनपछि सोमबार नयाँ राष्ट्रिय सभाको पहिलो अधिवेशनको अध्यक्षता गरेका छन् ।
निःवर्तमान प्रधानमन्त्री सम्देच टेको हुन सेनको सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले १२० संसदीय सिट जितेको छ । त्यस्तै प्रिन्स नोरोदम चक्रवुथको फनसिनपेक पार्टीले जुलाई २३ मा भएको सातौं आम भुनावमा ५ सिट मात्रै जित्न सफल भएको थियो ।
उद्घाटन समारहोमा विदेशी कूटनीतिज्ञ र देशका अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुलाई पनि आमन्त्रण गरिएको बैठकमा १२५ सांसदहरु उपस्थित रहेका थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै सिहामोनीले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक दिगोपना सुनिश्चित गर्न र कानूनका आधारमा सुदृढ र आधुनिक राज्य निर्माण गर्न संसदले संविधानमा तोकेको दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे ।
राजाले सम्बोधनपछि राज दरबार फर्किनुअघि राष्ट्रिय सभाका निर्वाचित सबै सांसदहरुसँग सामूहिक तस्बिर खिचाएका थिए । आज दिउँसो राज दरबारमा निर्वाचित सबै सांसदहरुले शपथ लिने बताइएको छ।
हुन सेनका ज्येष्ठ पुत्र हुन मानेटको नेतृत्वमा नयाँ पाँच वर्षे कार्यकाल सञ्चालनका लागि विश्वासको मत लिने कार्यक्रम पनि रहेको छ । ४५ वर्षीय हुन मानेटले मंगलबार दिउँसो प्रधानमन्त्रीको शपथ लिनेछन् ।
प्रतिक्रिया 4