+
+
Shares

हर्क साम्पाङ भन्छन्– ८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते ९:५४

१३ जेठ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

बेदाग र इमान्दार व्यक्तिलाई उम्मेदवार बनाउने उनको भनाइ छ ।

साम्पाङले फेसबुक पेजमा लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेद्वार बन्नेछन् ।’

१६ मंसिरमा कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनमा साम्पाङले राजमान महर्जन (मानव)लाई समर्थन गरेका थिए । कांग्रेस उम्मेदवार कृष्णमान डंगोल मेयर निर्वाचित हुँदा महर्जनले चौथो स्थान हासिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?