Comments Add Comment

औषधि व्यवस्था विभाग

List Grid
औषधि व्यवस्था विभागका तीनजना कर्मचारीलाई कोरोना संक्रमण

१२ वैशाख, काठमाडौँ । औषधि व्यवस्था विभागका तीनजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विभागमा कार्यरत तीनजनामा कोरोना संक्रमण देखिएको विभागका प्रवक्ता सन्तोष केसीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार संक्रमितहरुको सम्पर्कमा आएका ८ जना होम आइशोलेशनमा बसेका छन्। यस्तै औषधि पसल नवीकरणबाहेकका सबै सेवा अवरुद्ध भएका छन् ।

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने ५ कम्पनी कारबाहीमा

२७ भदौ, काठमाडौं । काठमाडौं र भक्तपुरका पाँच वटा उद्योगहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेको पाइएको छ । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो । विभागका अधिकारीहरुका अनुसार मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुमा काठमाडौंस्थित हाइजिन सोप […]

कम गुणस्तर भेटिएको लोमसका दुई औषधि बिक्रीमा रोक

२४ असार, काठमाडौं । लोमस फर्मासिटिकल्सले उत्पादन गरेको दुई  औषधि कम गुणस्तरको भेटिएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरुको नमुना परीक्षण गर्दा मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) कम गुणस्तरको पाइएको हो । विभागले मेट्रो ४०० को ब्याच नम्बर एमटीटी-०९१७ र सेटोफेजको ब्याच नम्बर सीटी-१०१९ […]

मापदण्ड बिपरीतका ४ औषधिको बिक्रीवितरणमा रोक

१७ फागुन, काठमाडौं । औषधि व्यवस्था विभागले तीन नेपाली र एक भारतीय कम्पनीले उत्पादन गरेका ४ प्रकारका औषधि मापदण्डअनुसारको नरहेको भन्दै बिक्रीवितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा ललितपुरको बिजयदीप ल्याबोरोटोरिस लिमिटेडले उत्पादन गर्दै आएको महुमेह जोखिम कम गर्ने भी-मेट ५०० (मेटफोरमीन एचसीएआई ट्याबेलट्स आईपी) का चार ब्याचको उत्पादनमा रोक लगाएको हो […]