+
+
Shares

औषधिको मूल्य निर्धारणमा अनियमितता, छानबिन गर्न समिति गठन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरिएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरिएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उजुरी प्राप्त भएपछि डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको हो।
  • समितिले ७ दिनभित्र अनियमित मूल्य वृद्धिको संलग्नता सम्बन्धी प्रतिवेदन बुझाउनुपर्नेछ।

२७ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरिएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशन नारायण प्रसाद ढकालले कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य बढाउने निर्णय गरेका थिए ।

यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार यसबारे उजुरी प्राप्त भएको र अनियमित तरिकाले मूल्य वृद्धि गर्ने काममा को कसको संलग्नता भएको हो खुलाइ प्रतिवेदन बुझाउन डा श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको हो ।

यो समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने समय सीमा पाएको छ ।

यी हुन् समितिका सदस्यहरू

डा श्रीकृष्ण श्रेष्ठ- अतिरिक्त स्वास्थ्य सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (संयोजक)

गोपीकृष्ण रेग्मी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानुन शाखा (सदस्य)

कविन मलेकु – विषय विज्ञ (सदस्य) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?