Comments Add Comment

कालीगण्डकी

List Grid
कालीगण्डकी संरक्षणमाथि तीन कविता

अहिले कालीगण्डकीमाथि अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् । दामोदरकुण्ड-मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई […]

कालीगण्डकीबारे अध्ययन गर्न गण्डकी सरकारले बनायो कार्यदल

२३ भदौ, पोखरा । गण्डकी प्रदेशले कालीगण्डकी नदीको बहुउपयोगिता र सम्भाव्यताबारे अध्ययन गर्र्न प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलमा डा. योगेन्द्रराज रिजाल, डा. रामचन्द्र बराल, कुलराज चालिसे, कमल ढकाल, अनिल सुवेदी र काजीकुमार श्रेष्ठ सदस्य छन् । कार्यदललाई अध्ययन, अनुसन्धान गरी ३ महिनाभित्र प्रतिवेदन बुझाउन […]

कालीगण्डकी संरक्षणका लागि कविता आह्वान

९ भदौ, काठमाडौं । ‘कालीगण्डकी बचाऔं अभियान’ले नदी संरक्षणमा बल पुग्ने भावका कविताको लागि स्रष्टाहरूलाई आह्वान गरेको छ । काली नदीको अवैध दोहन भएको तथा नदी सभ्यता नै नामेट पार्न खोजिएको विरोधमा अहिले देशैभरिका कविहरुले कविता लेखेका छन् । कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदीप्त गिरीका अनुसार पाँच दर्जन बढी कविहरूले यस अभियानको लागि कविता […]

मध्यरातमा लुटिइन्छ कालीगण्डकी

१७ साउन, गलकोट । बिहीबार रातको ठीक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा-मालढुङ्गा र मालढुङ्गा- बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी […]

कालीगण्डकी-तिनाउ डाइभर्सन गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

१५ साउन, बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले कालीगण्डकी-तिनाउ डाइभर्सन गर्नुपर्ने बताएका छन् । शुक्रबार पदभार ग्रहण गर्दै शेरचनले विवाद सुल्झाएर डाइभर्सन अघि बढाउनुपर्ने बताएका हुन् । सर्वोच्च अदालतले डाइभर्सनको काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ । उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नदिने उपाय अवलम्बन गर्न सकिने शेरचनले सुझाए […]

कालीगण्डकी तिनाउ डाइभर्सन : पानीमाथिको निर्णयमा प्रश्न

कालीगण्डकीमा अर्थमन्त्रीले गरेको एकलौटी निर्णयले नेपालमा पनि भारतमा झैं पानीमाथिको निर्णय कसको हातमा छ भन्ने प्रश्न उठाएको छ ।

सर्वोच्चले कालीगण्डकी डाइभर्सनको निर्णयसहित सरकारलाई बोलायो

२३ असार, काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजनासम्बन्धी निर्णय र योजनाको कागजातसहित उपस्थित हुन सरकारलाई आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले अन्तरिम आदेशको छलफलका लागि सरकारलाई साउन ४ गते परियोजनासम्बन्धी निर्णय र स्थलगत योजनासम्बन्धी कागजातसहित उपस्थित हुन आदेश दिएको हो । सरकारले कालीगण्डकी डाइभर्सन आयोजना अघि बढाउन बुटवलमा कार्यालय खडा गरेपछि अधिवक्ता […]

‘कालीगण्डकीले हजारौं वर्षदेखि सभ्यता बचाएको छ’

अहिले कालीगण्डकी नदीमा डाइभर्सन राख्ने/नराख्नेबारे सर्वत्र चर्चा छ । यो विषयमा बहस गर्नुभन्दा अघि गण्डकी नदीको इतिहासको गहिरो अध्ययन गर्नुपर्ने हुन्छ । सर्वप्रथम ‘गण्डकी’ शब्दमा जाँदा यसको अर्थ गैंडा भन्ने पनि हुन्छ । मगर भाषामा खोलाको पछाडि ‘दी’ अक्षर आउँछ । जस्तै ः तादी, मादी आदि नदीका नाम भएकाले ‘गन्दी’ नामबाट संस्कृतमा गण्डकी बनेको सामान्य […]

कालीगण्डकी डाइभर्सन : संघीयतामा द्वन्द्वको बीउ बन्दै जलस्रोत

१७ असार, पोखरा । भारतको पञ्जाबबाट सन् १९६६ मा हरियाणा अलग बन्यो । त्यतिबेलादेखि नै पानीको विषयलाई लिएर पञ्जाब र हरियाणाबीच झगडा शुरु भयो । हरियाणामा पानीको अभाव पूर्ति गर्न शुरु गरेको सतलज यमुना लिंक नहर परियोजना अन्तिम चरणमा पुगेर पनि दुई प्रदेशको विवादका कारण अलपत्र अवस्थामा छ । अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन सतलज […]

भारतको स्वार्थसँग जोडिएकाले राष्ट्रघाती छ

कालीगण्डकी–तिनाउ डाइभर्सन विस्तृत परियोजना अध्ययनका लागि भनेर कार्यालय उद्घाटन भएको छ । यसअघि प्रारम्भिक अध्ययनका लागि बजेट छुट्याउँदा र त्यसअघि पनि शुरुदेखि नै यो परियोजनाको विरोध गर्दै आएका थियौं, गर्छौं । कालीगण्डकी–तिनाउ डाइभर्सन यसै पनि प्राकृतिक नियम विपरीतको कुरा हो । मानवजन्य विपद् निम्त्याउने काम हो । यसले विकास होइन, ठूलो विनाश निम्त्याउँछ । एउटा […]

कालीगण्डकी डाइभर्सन नरोकिए संघर्षमा उत्रने गण्डकी सरकारको चेतावनी

१३ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी डाइभर्सन योजना कुनै हालतमा सफल हुन नदिने बताएका छन् । उनले भने, ‘प्रदेशको भावनाविपरीत जाने प्रयास भएमा हामीहरु सहेर बस्दैनौं, सम्पूर्ण नागरिकलाई उतारेर भएपनि योजना सफल हुन दिँदैनौं । विश्व हिन्दु महासंघसहित विभिन्न संघसंस्थाको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको आवाजको सुनुवाई नभएमा संघर्षमा […]

डाइभर्सन योजना : तमोरको पानी झापा, रोल्पाको पानी दाङ

१३ असार, काठमाडौं । रुपन्देहीमा कालीगण्डकी–तिनाउ डाइभर्सन (नदी पथान्तरण) आयोजनाको कार्यालय खुलेपछि गण्डकी प्रदेशभर विरोध भएको छ । यो परियोजनाले नदी तटीय क्षेत्रमा प्रभाव पार्ने भन्दै स्थानीयवासी, स्थानीय तह, गण्डकी प्रदेश सरकार, राजनीतिक दलहरु सबैले विरोध गरेका छन् । जलस्रोत तथा सिँचाइ विभाग भने चर्चा सुरु हुँदैदेखि विरोध भएको कालीगण्डकी–तिनाउसहित डाइभर्सन आयोजनाहरु बनाउन कस्सिएको छ […]

कालीगण्डकी बचाउन आन्दोलन सुरु

८ असार, पर्वत। कालीगण्डकी नदी दोहन भएको भन्दै पश्चिम नेपालका कालीगण्डकीले छोएका जिल्लाका स्थानीयहरूले ‘कालीगण्डकी बचाऔं अभियान’ सुरु गरेका छन् । स्थानीय तथा संरक्षणकर्मीले ‘सेभ कालीगण्डकी रिभर’ ह्याट्याग दिएर सामाजिक सञ्चाल तथा नदी किनारमा उपस्थित भइ विरोध गर्न थालेका छन् । विश्वकै दुर्लभ शालिग्राम पाइने कालीगण्डकी नदीमा जथाभावी उत्खनन गरी दोहन गरिएको विरोधमा अभियान सुरु […]

वर्षायाममा पनि कालीगण्डकीबाट नदीजन्य बस्तु उत्खनन गर्ने निर्णय

६ असार, पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कालीगण्डकी नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको हो । पछिल्लोपटक […]

कालीगण्डकीले तटबन्ध बगाएपछि बेनी बजार कटानको उच्च जोखिममा

३ असार, म्‍याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका-८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मङ्गलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो। दुई ठाउँमा करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले बताए […]

कालीगण्डकीमा आएको बाढीले बगायो ९ घर

२ असार, पर्वत । गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका-५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो । मङ्गलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो […]

कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड   

१ वैशाख, पर्वत । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको भाइरस सङ्क्रमणको जोखिमका बाबजुद कालीगण्डकी नदीका विभिन्न किनारमा स्नान गर्नेको […]

कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

८ पुस, नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक ((डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए । मृतकको सनाखत भैसकेको र तीनजना […]

कालीगण्डकीमा ‘स्टिमर सेवा’ पुनः शुरु

१७ कात्तिक, पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात (स्टिमर सेवा) पुनः शुरु भएको हो । वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि […]

कालीगण्डकीमा युवक मृत भेटिए

१ साउन, गलकोट (बागलुङ) । बागलुङ नगरपालिका-१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका-१० निवासी १८ वर्षीय जीवन पुन शुक्रबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीवन गत असार ३० गते पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ की दिदीका घरबाट जैमिनी हिँडेपछि सम्पर्कविहीन भएकोमा शुक्रबार कालीगण्डकी किनारमा मृत भेटिएको […]

जैविक प्रदूषणको चपेटामा कालीगण्डकी, नरोके अस्तित्व खतरामा पर्ने

१० साउन, म्याग्दी । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जल चक्र प्रणाली प्रभावित भएका छन् । यो संगै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको छ । उद्योग […]