+
+
Shares

कालीगण्डकीमा बेपत्ता किशोरको शव सशस्त्रका गोताखोरले निकाले

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव जेठ ५ गते दिउसो साढे १२ बजे करीव १५ फिट गरिहाइबाट निकालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १४:०८

५ जेठ, म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव सशस्त्र प्रहरी बलका गोताखोरले निकालेका छन् ।

सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदिमा डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव जेठ ५ गते दिउसो साढे १२ बजे करीव १५ फिट गरिहाइबाट निकालेको हो ।

उनको खोजीकार्यको लागि नं. २४ कालिका गण कास्किबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?