+
+
Shares

कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १०:००

३ वैशाख, पाल्पा । नयाँ वर्ष मनाउन जादा बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई जनाकै शव फेला परेको छ ।

चन्द्र माध्यमिक विद्यालयका शिक्षक बगनासकाली-९ झिरभञ्ज्याङका २९ वर्षीय तोयानाथ बस्याल (मदन)को बुधबार बिहान र बगनासकाली-९ भुसालगाउँका ३९ वर्षीय शरण भुसालको बिहीबार बिहान दैलातुङ नजिकै कालीगण्डकी नदी किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

नयाँ वर्षको अवसरमा साथीभाइसँग नदीमा गएका उनीहरू पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । घटनापछि स्थानीय बासिन्दा, प्रहरी र सुरक्षाकर्मीको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको थियो ।

निरन्तरको खोजीपछि दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?