+
+
Shares

कालीगण्डकीमा ९२ वर्षीय वृद्धको शव फेला

गुल्मी जिल्लाको रुरु क्षेत्र गाउँपालिका–२ तालखोलास्थित कालीगण्डकी नदीमा एक वृद्ध शव फेला परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको रुरु क्षेत्र गाउँपालिका–२ तालखोलास्थित कालीगण्डकी नदीमा ९२ वर्षीय छविलाल गेरैको शव फेला परेको छ।
  • पुस २७ गते हराएका छविलाल गेरैको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए।
  • शवको सनाखत मृतकका जेठा छोरा कृष्णप्रसाद गेरैले गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१ माघ, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–२ तालखोलास्थित कालीगण्डकी नदीमा एक वृद्ध शव फेला परेको छ ।

शव अर्घाखाँचीको पाणिनी गाउँपालिका स्थायी घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा बस्दै आएका ९२ वर्षीय छविलाल गेरैको रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

स्थानीयले शव देखर प्रहरीलाई खबर गरेका थिए । पुस २७ गते छविलाल गेरै हराएको भन्दै आफन्तले इलाका प्रहरी कार्यालय रिडीमा निवेदनसमेत दिएका थिए ।

घटनाको दिन दिउँसो करिब ३ बजेको समयमा मृतकका जेठा छोरा कृष्णप्रसाद गेरैले शवको सनाखत गरेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?