Comments Add Comment

चक्रवात

List Grid
गृहले भन्यो : पर्वतारोहीलाई तत्काल फिर्ता बोलाऊ, जोखिम क्षेत्रका बस्ती सार

१३ जेठ, काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र […]

नौ दिनको अन्तरमा दुई चक्रवात, मनसुनमा सरदरभन्दा बढी पानी पर्ने

१२ जेठ, काठमाडौं । अरब सागरमा विकसित ‘ताउ-ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगालको खाडीमा अर्को चक्रवात ‘यास’ आयो । प्रि-मनसुन अवधिको मे महिनामा आएका यी दुवै चक्रवातको प्रभाव नेपालमा पनि पर्‍यो । ताउ तेबाट नेपालको पश्चिमी क्षेत्र र यासबाट पूर्वी क्षेत्र बढी प्रभावित भयो । नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली बिरलै […]

नेपालमा मंगलबारदेखि चक्रवातको असर देखिने, हिमाल आरोहणमा सतर्क हुन आग्रह

१० जेठ, काठमाडौँ । बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा  बनेको चक्रवातका कारण मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र चक्रवातमा परिणत भएको र मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून-चापीय […]

अनुकूल मौसम पर्खिंदै १२०० जना सगरमाथा बेस क्याम्पमा

४ जेठ, काठमाडौं । अरब सागरबाट उत्पन्न भएको चक्रवातको प्रभाव नेपालमा समेत परेको छ । यसले उच्च हिमाली भेगमा हिमपात गराउने र अन्य भूभागमा वर्षा गराउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मंगलबार जारी गरेको भिडियो बुलेटिन अनुसार ताउ ते नामक आँधीको असर प्रदेश १ र २ सहित देशका विभिन्न भागमा पर्नेछ […]

चक्रवातका कारण भारतका विभिन्न राज्यमा हावाहुरी र भारी वर्षा

३ जेठ, काठमाडौं । अरब सागरमा देखिएको ‘ताउ ते’ चक्रवातको असर भारतका विभिन्न राज्यमा देखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार महाराष्ट्र, गुजरात, केरला, कर्नाटक र गोवालगायत राज्यमा देखिएको छ । प्रभावित क्षेत्रमा तीव्र गतिको हावासहित भारी वर्षा पनि भइरहेको छ । भारतीय मौसम विभागले चक्रावातको कारण तटीय क्षेत्रमा ठूलो असर पुग्न सक्ने भन्दै अलर्ट जारी […]

नेपालमा चक्रवातको प्रभाव शुक्रबारसम्म, सतर्कता अपनाउन आग्रह

३ जेठ, काठमाडौं । अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार आज सामान्य र भोलिबाट बढी प्रभाव देखिने छ […]

अरब सागरमा चक्रवात विकसित, नेपाल पनि प्रभावित हुने

२ जेठ, काठमाडौं । अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौसमविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविद्को पूर्वानुमान छ । ‘नेपालमा चक्रवातको असर भोलि (सोमबार)देखि नै देखिन थाल्छ । भोलि विशेषगरी पश्चिम भूभागमा बदली हुन्छ’ मौसमविद् मञ्जु वासीले अनलाइनखबरसँग भनिन्, ‘अहिलेसम्मको विश्लेषणअनुसार पर्सि […]

निसर्ग चक्रवातको प्रभाव अम्पुनको भन्दा बढी, शुक्रबार भारी वर्षा हुने अनुमान

२२ जेठ, काठमाडौं । अरब सागरमा विकसित शक्तिशाली चक्रवातको प्रभावले शुक्रबार प्रदेश नं. १, २, वागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विनाशकारी हावाहुरी नलाग्ने, तर मेघ गर्जन र चट्याङ सहित वर्षा हुने विभागको पूर्वानुमान छ । अरब सागरमा विकसित चक्रवातलाई ‘निसर्ग’ नाम दिइएको छ […]

नेपालमा फेरि अर्को चक्रवातको असर, मनसुन समयमै सुरु हुने विश्वास

१९ जेठ, काठमाडौं । नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएको छ । यो चक्रवातको कारण यस वर्षको मनसुन समयमै सुरु हुनेमा मौसमविद आशावादी देखिएका छन् । हाल दक्षिण-पूर्वी अरब सागरमा रहेको न्युन चापीय प्रणाली उत्तर तर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवातको रुप लिने छ । त्यसको प्रभावले […]

बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा हुरी, बतास र वर्षा हुने

५ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलबारबाट नेपालको पूर्वी भू-भाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविद्को भनाइ छ । मौसमविद् प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘यसले असर गर्ने पूर्वी नेपालमा मात्रै हो । मध्य नेपालको छेउमै अलिकति छुन्छ होला तर पश्चिममा […]