Comments Add Comment

चन्द्र ढकाल

List Grid
ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकालले लिए सपथ

२९ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकालले सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष ढकालले पद तथा गोपनियताको सपथ लिएका हुन् । मंगलबारसम्पन्न बैंकको १४ औँ वार्षिक साधारणसभाले ढकाललाई सञ्चालक निर्वाचित गरेको थियो । साधारणसभा पश्चात बसेको बैंक सञ्चालक समिति बेठकले ढकाललाई पुनः अध्यक्षमा चयन गर्ने निर्णय गरेको […]

घाँस-दाउरा गरेर हुर्किएका चन्द्र निजी क्षेत्रको नेतृत्वसम्म

१४ मंसिर, काठमाडौं । चन्द्रप्रसाद ढकालले आइतबार विहान नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष जिते। अब उनले शेखर गोल्छापछि महासंघको अध्यक्ष बन्ने पक्का गरेका छन् । बाग्लुङको बलेवा, अमलाचौरका जन्मिएका चन्द्रको भुइँबाट उठेर सफलताको यो उचाइसम्म आइपुगेका व्यक्ति हुन् । उनको जीवन कथा थाहा पाउन विगतमै फर्किनुपर्छ । बाग्लुङको एक विकट गाउँका एक किशोर चन्द्र […]

जितपछि ढकालले भने-चुनावसँगै प्यानल सकियो, अब महासंघ एक ढिक्का हुन्छ

१४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताएका छन् । विहान चुनाव जितेपछि सञ्चारमाध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको बताए । उनले अब गोल्छाकै नेतृत्वमा महासंघलाई एक ढिक्का बनाएर अघि बढाउने बताए । ‘चुनाव हारे पनि आदरणीय […]

निर्वाचनको परिणामबाटै जवाफ दिन्छौं : चन्द्र ढकाल

१० मंसिर, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक सं‌स्था नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष चयनका लागि मंसिर १३ गते निर्वाचन हुँदैछ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुँदैछन् भने वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय किशोर प्रधान र चन्द्र ढकाल आ–आफ्ना प्यानलसहित चुनावमा होमिएका छन् । सर्वसम्मत नेतृत्व चयनको विषय उठे पनि सहमतिको सम्भावना […]

किशोर भर्सेस चन्द्र : कुन प्रदेशमा को बलियो ?

५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ११-१३ मंसिरमा काठमाडौंमा हुने साधारण सभा तथा निर्वाचनको माहोल तातिएको छ । मनोनयन समयावधि बिहीबार सकिएपछि उम्मेद्वारहरु आफ्नो पक्षमा मत पार्न जोडतोडका साथ लागेका छन् । गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा र निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो । बिचमा पटक-पटक मिति तोकिए पनि कोभिड-१९ […]

चन्द्र ढकाल टिमलाई निर्यात व्यवसायी महासंघको साथ

५ मंसिर, काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई सहयोग गर्ने बताएको छ । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सो टीमका वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुलाई […]

उद्योग वाणिज्य महासंघमा ढकाल प्यानलको उम्मेदवारी दर्ता

५ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन् । […]

व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि

१२ असोज, काठमाडौं । व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी दिएका छन् । ‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले एक सूचनामा लेखेका छन् […]

‘अबको यात्रा सम्मान र राज्यबाट अभिभावकत्व प्राप्तीका लागि हुनेछ’

विश्वभर कोरोना भाइरसको प्रकोप नभएको भए सायद आज हामी यहाँ जे गर्न गइरहेका छौं त्यो चार महिनाअघि सकिइसकेको हुन्थ्यो । तर दुर्भाग्य कोरोना भाइरसको प्रकोप तपाईं हामी सबैले व्यहोर्नुप¥यो । महासंघमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाले पनि त्यसको प्रभाव झेल्नुप¥यो । कोरोनाको प्रभाव र असर तपाईं हामी माझ अझै कति समय रहने हो त्यो भविष्यले […]

उम्मेदवारी घोषणा गर्दै चन्द्र ढकालले भने-चुनाव जितेर गोल्छा टिमकै सदस्य हुन्छौं

३० असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि बरिष्ठ उपाध्यक्षसहितका पदमा चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानलबाट ढकाल बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार हुनेछन् । उनले आफ्नो प्यानल विजयी हुने दावी पनि गरेका छन् । ढकाल समूहले बुधबार कार्यक्रम गरेर प्यानल घोषणा गरेको हो । ढकालले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले […]

अर्थतन्त्रलाई जोगाउन लकडाउन खुकुलो बनाऔं‌ : निजी क्षेत्र

२६ जेठ, काठमाडौं । लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्रलाई नै नकारात्मक असर परेको भन्दै निजी क्षेत्रले लकडाउन खुकुलो बनाउन सरकारसँग माग गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि लकडाउन खुकुलो बनाउनुको विकल्प नरहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले तत्कालै साना उद्योग-व्यवसायहरू सञ्चालनमा ल्याउनुपर्ने बताए । जिल्लास्तरबाट पनि […]

बजेट औसत खालको आयो, अब उद्योग व्यवसाय खोल्नुपर्छ-चन्द्र ढकाल

१७ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष चन्द्र ढकालले अब उच्च सुरक्षा सतर्कता अपनाएर उद्योग-व्यवसायहरु सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।  मुलुकको अर्थतन्त्रलाई चलायमान बनाइराख्न पनि अब सधैं उद्योग-व्यवसाय बन्द गर्न नहुने उनको भनाइ छ । तर, स्वास्थ्य सतर्कता भने उच्च अपनाउनुपर्ने उनले बताए । स्वास्थ्यको विषयमा सबैले गम्भीर हुनुपर्ने भन्दै उनले आवश्यक सुरक्षा […]

अर्थतन्त्रमा कोरोना प्रभाव : जीवनसँगै अर्थतन्त्र पनि बचाऔँ

कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको आज ५६ दिन पुगिसकेको छ । हिजोमात्र मन्त्रिपरिषदले थप १५ दिनका लागि बन्दाबन्दी लम्बाउने निर्णय गरेको छ । बन्दाबन्दीका बाबजुद कोरोना सङ्क्रमणको दर बढ्दो छ र यसकै कारण दुईजनाको मृत्यु भइसकेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण उद्योग/व्यवसाय तथा पूर्वाधार निर्माणलगायतका सबै क्षेत्र बन्द […]

चन्द्र ढकालको स्पष्टीकरण : ट्याक्स हेभन मुलुकबाट लगानी ल्याएका छैनौं

३ माघ, काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले कुनै पनि ट्याक्स हेभन (कर छली) मुलुकबाट लगानी नभित्र्याएको दावी गरेका छन् । खोज पत्रकारिता केन्द्र (खाेपके) ले बुधबार सार्वजनिक गरेको ‘नेपालिक्स-२०१९’ मा आफ्नो नाम जोडिएपछि ढकालले त्यसको खण्डन गरेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ढकालले कुनै पनि स्वीस बैंकमा खाता नरहेको र ट्याक्स […]