+
+
Shares

पर्यटन प्रवर्द्धन गर्न धार्मिक र प्राकृतिक सम्पदाको उपयोग आवश्यक : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १० गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी उपयोग आवश्यक रहेको बताए।
  • उनले नेपालका विश्वप्रसिद्ध पर्यटकीय स्थलहरूको लाभ लिन नसकेको उल्लेख गरे।
  • सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माण कार्य अघि बढिरहेको उनले जानकारी दिए।

१० जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भएपनि त्यसअनुसारको लाभ लिन नसकिएको बताएका हुन् ।

नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ जस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थलको देश भएपनि त्यसको लाभ उठाउन नसकेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन पूर्वाधार निर्माणमा कटिबद्ध भएर लागिरहेको समेत उनले बताए ।

‘हामी भारत र नेपालको बीचमा छौँ । प्राकृतिक र धार्मिक हिसाबले धनि पनि छौँ । हामी सगरमाथाको देश, गौतमबुद्धको जन्मस्थल भएको देश, पशुपतिनाथको देश, मुक्तिनाथको देश भनेर चिनिने गरेका छौं,’ उनले भने, ‘प्रकृतिको हिसाबाट पनि हामी क्यापिटलाइज गन सक्छौँ । तर जुन हिसाबले हामीले क्यापिटलाइज हुनुपर्ने हो त्यसो हुन सकेको छैन ।’

सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको समेत उनले जानकारी गराए ।

‘तर अहिले बिस्तारै हामी आफैँ पनि सात वटा प्रदेश सात वटा पर्यटन पूर्वाधार निर्माण गर्ने दिशामा अगाडि बढिरहेका छौँ । नेपालको समग्र पर्यटन प्रवर्द्धन गर्ने दिशामा लागिरहेका छौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?